
सङ्खुवासभा, २६ असार ,, चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्राणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ । उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपाल सरकार...बाँकी अंश →
काठमाडौँ, २६ असार ,, सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो...बाँकी अंश →

काठमाडौँ, २६ असार ,, नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले जनाएको छ । आगामी साउन २६ देखि २८ सम्म ललितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने...बाँकी अंश →
गलकोट, २६ असार ,, पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोअनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र १३५ लैङ्गिक हिंसाका...बाँकी अंश →
धादिङ, २६ असार ,, धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्नुभएका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको छ । धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते...बाँकी अंश →
डोटी, २६ असार ,, डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच...बाँकी अंश →
काठमाडौँ, २६ असार ,, प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै...बाँकी अंश →

पोखरा, २६ असार ,, विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको पोखराको प्रसिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन । भद्रकाली मन्दिर परिसरस्थित गणेश तथा भद्रकाली मन्दिरलाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले मन्दिरका चारै भित्ता चर्केको छ भने वरपरका पाटी तथा सत्तलमा समेत...बाँकी अंश →
दमौली, २६ असार ,, सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो ।...बाँकी अंश →

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड...बाँकी अंश →

धादिङ, २६ असार ,, गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । प्रतिबन्धित गाँजा ओसारपसारमा...बाँकी अंश →

परासी, २६ असार ,, पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: