०७ चैत २०८२

प्रदेश

अठार वर्षपछि बन्यो शहीद नेपाली छात्रावास

तनहुँ, ३१ असार  ,,  तनहुँको व्यासनगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । विसं २०५८ मा जग खन्न शुरु गरिएको उक्त छात्रावास भवनको यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विसं २००७ मा बन्दीपुर क्रान्तिमा जेल पर्नुभएका...बाँकी अंश →


विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की, ३१ असार   ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको...बाँकी अंश →


४३ केजी लागुऔषध चरेससहित पक्राउ

मुग्लिन, ३१ असार   ,,  चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी...बाँकी अंश →


सप्तकोशीमा पानीको बहाव घट्दै

इनरुवा, ३० असार  ,,  सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी...बाँकी अंश →


चार सय गैरसरकारी संस्था खारेज

डोटी, ३० असार  ,,  संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष...बाँकी अंश →


प्रदेश विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक

सुर्खेत, ३० असार  ,,  कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज आकस्मिक बैठक बसेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो । बैठकले असार महीनामा कर्णाली प्रदेशमा भएका विपद्का घटनाको समीक्षा गरेको छ । विशेषगरी मुड्केचुला–१ डोल्पामा बाढीमा परी बेपत्ता भएका नौ जनाको उद्धार कार्यलाई तीव्र...बाँकी अंश →


बिरुवा वितरण

डडेल्धुरा, ३० असार  ,,  कृषि ज्ञान केन्द्र डडेल्धुराले बगँैचा विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । केन्द्रको कार्यक्षेत्र डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा विभिन्न जातका फलफूलका १५ हजार बिरुवा वितरण गरिएको छ । दुईवटै जिल्लाका विभिन्न स्थानमा हावापानी सुहाउँदो मागअनुसारका अमीलो जातका साथै आँप, लिची, अनारलगायतका...बाँकी अंश →


सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

काठमाडौँ, ३० असार  ,,  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै...बाँकी अंश →


१४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण

बेझाड, ३० असार  ,,  विद्युत्को केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण गरिएको हो । मन्त्रालयको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा...बाँकी अंश →


ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

चरिकोट, ३० असार  ,,  दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक...बाँकी अंश →


कुलेखानी बाँधको ढोका नखोलिने

हेटौँडा, ३० असार  ,,  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ । ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो...बाँकी अंश →


बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल

काठमाडौँ, ३० असार  ,,  सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ । सभामुख महराले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter