०७ चैत २०८२

प्रदेश

विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ – सभापति देउवा

काठमाडौँ, ६ साउन   ,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन...बाँकी अंश →


मनसुनी न्यूनचापीय रेखा पुनः हुँदा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ साउन   ,,  ( मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ...बाँकी अंश →


‘सबै दलबीच मेलमिलाप आवश्यक’

दमौली, ६ साउन  ,,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले...बाँकी अंश →


एक वर्षमा ६१ जनाको मृत्यु

दमौली, ६ साउन   ,,   आर्थिक वर्ष ०७५÷७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको...बाँकी अंश →


निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको...बाँकी अंश →


हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

खोटाङ, ६ साउन  ,,   हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु...बाँकी अंश →


न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन  ,,  आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न...बाँकी अंश →


देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन  ,,  पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने...बाँकी अंश →


मोरङबाट २९ हजारले नागरिकता लिए

विराटनगर, ६ साउन  ,,  मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ...बाँकी अंश →


प्रहरीमाथि गोली चलाउने पेस्तोलसहित पक्राउ

हेटौँडा, ५ साउन  ,,  मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको,...बाँकी अंश →


पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, ५ साउन  ,,  पशुपति क्षेत्र विकास कोष र सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वन क्षेत्रमा तीन हजार विरुवा रोपिएको छ । विश्वरुप मन्दिर परिसरमा पहिरो जान थालेकाले सम्पदा क्षेत्रको संरक्षण एवं वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्नु हुँदै कोषका...बाँकी अंश →


किसानको पीडा ओरिया खोला

वीरगञ्ज, ५ साउन  ,,  लहलहाउँदो धानको बेर्ना देख्दा जानकी टोलका किसान रामसेवकको खुशीको सीमा थिएन । यसपालिको धान राम्रो उब्जेला भनेर उहाँ मनमनै दङ्ग हुनुहुन्थ्यो तर त्यो खुशी धेरै दिनसम्म टिक्न सकेन कारण थियो– ओरिया खोलामा आएको बाढी । हालै आएको बाढीले रामसेवकको १० कट्ठामा लगाएको लहलहाउँदो बेर्ना बगायो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter