०७ चैत २०८२

प्रदेश

काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान

पोखरा, ८ साउन  ,,  नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन...बाँकी अंश →


तीजको विकृति रोक्न प्रशासनलाई ज्ञापनपत्र

चिप्लेढुङ्गा, ८ साउन  ,,  सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको...बाँकी अंश →


सुर्खेत अख्तियारमा शिक्षाका उजुरी बढी

सुर्खेत, ८ साउन   ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷७६ मा कूल ९६३ उजुरी परेको र त्यसमध्ये शिक्षा विज्ञान...बाँकी अंश →


नेप्से उकालो यात्रामा

काठमाडौँ, ७ साउन   ,,  धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको...बाँकी अंश →


‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा

काठमाडौँ, ७ साउन   ,,  एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले रु एक अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ । एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत लिमिटेडले यही साउन ८ गतेदेखि १२ करोड ५० लाख एकाइ निष्कासन गर्ने भएको छ । त्यसको ८५ प्रतिशत...बाँकी अंश →


राजश्व सङ्कलनमा वृद्धि

तनहुँ, ७ असार   ,,  गत आर्थिक वर्षमा तनहुँमा रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४÷७५ मा रु ८२ करोड ९७ लाख ७६ हजार ५८५ राजश्व सङ्कलन गरेको...बाँकी अंश →


जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

काठमाडौँ, ७ साउन  ,,   जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ...बाँकी अंश →


पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने

काठमाडौँ, ७ साउन  ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता...बाँकी अंश →


थालेसिमियाका बिरामीलाई सहयोग

चितवन, ७ साउन   ,,   भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले रु ९० हजार सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै आए पनि बिरामीका लागि...बाँकी अंश →


खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखा, ७ साउन  ,,  गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज...बाँकी अंश →


छुट्टछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, ७ साउन  ,,  छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको...बाँकी अंश →


मेची भन्सारको मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व

भद्रपुर, ७ साउन  ,,  मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter