०७ चैत २०८२

प्रदेश

वार्षिक साढे छ अर्बको काठ आयात

काठमाडौँ, ८ साउन  ,,  झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख...बाँकी अंश →


प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० मा बस्ने

बनेपा, ८ साउन  ,,  प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवश स्थगन गर्नुपरेको...बाँकी अंश →


दुई सातादेखि सडक अवरुद्ध

वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ । मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताउनुभयो । “गाउँमा...बाँकी अंश →


प्रम दैवीप्रकोप उद्धार कोषका लागि रु २५ लाख प्रदान

काठमाडौँ, ८ साउन  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष्टका कोषाध्यक्ष मदनलाल...बाँकी अंश →


प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

काठमाडौँ, ८ साउन   ,,   प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको...बाँकी अंश →


विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ, ८ साउन  ,,  सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले...बाँकी अंश →


जडीबुटी उत्पादनमा लगानी

बलेवा, ८ साउन  ,,  तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा...बाँकी अंश →


बागलुङमै थाइराइड परीक्षण शुरु

बागलुङ, ८ साउन  ,,  थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । बागलुङ नगरपालिका–४ कि...बाँकी अंश →


जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

डोटी, ८ साउन  ,,  बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको...बाँकी अंश →


जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

डोटी, ८ साउन  ,,  बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको...बाँकी अंश →


राजश्वमा उल्लेखनीय वृद्धि

विराटनगर, ८ साउन  ,,  आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४/७५...बाँकी अंश →


नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

खोटाङ, ८ साउन  ,,  हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter