०७ चैत २०८२

प्रदेश

मोटरसाइकल चिप्लिएर एकको मृत्यु

रामपुर, ९ साउन  ,, पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु४५प...बाँकी अंश →


ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । “यति नै...बाँकी अंश →


लास फेला

वीरगञ्ज, ९ साउन  ,,  ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा आज बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ । उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो । यसैगरी मङ्गलबारदेखि आएको...बाँकी अंश →


छुरा हान्ने नौ पक्राउ

भद्रपुर, ९ साउन  ,,  झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५÷३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो...बाँकी अंश →


सांसदको तलब सङ्घसंस्थालाई

दमौली, ९ साउन  ,,  सांसदमा निर्वाचित भएपछि आफूले पाउने तलबभत्ता सङ्घसंस्थालाई उपलब्ध गराउने प्रतिबद्धताबमोजिम सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी आमा समूहलाई रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद श्रेष्ठले उक्त रकम आज बन्दीपुरमा आमा समूहका अध्यक्ष शोभा गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । आमा समूहले भवन...बाँकी अंश →


बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

गौशाला, ९ साउन   ,,  बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६...बाँकी अंश →


वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

दमौली, ९ साउन  ,,  वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो...बाँकी अंश →


दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

दाङ, ९ साउन   ,,  दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले...बाँकी अंश →


अझै आइपुगेन ‘मास प्रिन्टर’

काठमाडौँ, ९ साउन  ,,  ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा...बाँकी अंश →


वर्षा र पहिराले सडक सम्पर्क टुट्यो

बलेवा, ९ साउन   ,,   केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक...बाँकी अंश →


रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

चितवन, ९ साउन   ,,  धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग...बाँकी अंश →


विभिन्न मुद्दाका ७० फरार प्रतिवादीहरु पक्राउ

वालिङ, ९ साउन   ,,   विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter