
मेलम्ची, १० साउन ,, चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार...बाँकी अंश →
लमही, १० साउन ,, दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको...बाँकी अंश →

काठमाडौँ, १० साउन ,, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात्...बाँकी अंश →

रुकुमपूर्व, १० साउन ,, रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा...बाँकी अंश →

काठमाडौँ, १० साउन ,, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले...बाँकी अंश →

धनगढी, १० साउन ,, भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला...बाँकी अंश →

भद्रपुर, १० साउन ,, झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा...बाँकी अंश →

जाजरकोट, १० साउन ,, विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।बाँकी अंश →
काठमाडौँ, १० साउन ,, नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहनुभएका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण...बाँकी अंश →
मुग्लिन, १० साउन ,, चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले...बाँकी अंश →

पोखरा, १० साउन ,, जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती...बाँकी अंश →

बलेवा, १० साउन ,, मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई उपचार खर्च अभाव भएको हो । रेग्मीको मुटुमा प्वाल ९ब्क्इ ऋयिकगचभ० परेपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: