
काठमाडौँ, १९ साउन दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो । उहाँको एक युवतीसँग गहिरो प्रेम थियो ।...बाँकी अंश →

चितवन, १९ साउन राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप...बाँकी अंश →

काठमाडौँ, १९ साउन मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने २२८...बाँकी अंश →

जाजरकोट, १९ साउन नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय...बाँकी अंश →

बनेपा, १९ साउन पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८...बाँकी अंश →

मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५÷७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक...बाँकी अंश →

काठमाडौँ, १७ साउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न...बाँकी अंश →

काठमाडौँ, १७ साउन प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले...बाँकी अंश →

घोराही, १७ साउन दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पु¥याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीय बताउँछन् । लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले...बाँकी अंश →

पोखरा, १७ साउनपोखरा, १७ साउन विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको...बाँकी अंश →

काठमाडौँ, १७ साउन मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४÷७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५÷७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् ।...बाँकी अंश →

कास्की, १७ साउन सोलिडारिटी फर फ्रान्स नेपालअन्तर्गत त्यहाँका विद्यार्थीको सहयोगमा कास्कीमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । ज्येष्ठ नागरिकहरु भेला हुने र सुख–दुःखका अनुभूति साटासाट गर्न सहयोग पु¥याउने उद्देश्यले माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो । गत असार २१ गते नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: