०७ चैत २०८२

प्रदेश

चिर्पट प्रहार गरी बुबाको हत्या

सुरुङ्गा, २४ साउन झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु...बाँकी अंश →


मानव बेचविखनका अभियुक्त नौ वर्षपछि पक्राउ

भद्रपुर, २४ साउन मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र रु पाँच लाख ३० हजार जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको...बाँकी अंश →


एक वर्षमा २० विधेयक प्रमाणीकरण

विराटनगर, २४ साउन प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गर्नुभएका प्रमुख तुम्बाहाङले आव २०७५÷७६ को असार...बाँकी अंश →


मध्यरातमा आगलागी, ठूलो विनाश ट¥यो

बाँके, २४ साउन  नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा...बाँकी अंश →


त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ वेपत्ता

धादिङ (गजुरी), २४ साउन सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक...बाँकी अंश →


बाख्रापालक कृषकलाई अनुदान

कास्की, २३ साउन व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु. २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ । वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान...बाँकी अंश →


शुद्धीकरण गरेको पानी वितरण

लम्की, २३ साउन कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो । प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख...बाँकी अंश →


निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग

मुग्लिन, २३ साउन चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो । यसैबीच...बाँकी अंश →


चार हजारलाई नागरिकता

हेटौँडा, २३ साउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो । स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता...बाँकी अंश →


सेब भलिबल आजदेखि

काठमाडौँ, २३ साउन सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । एक सय १७ टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।...बाँकी अंश →


बसपार्कको पहिलो चरणको निर्माण पूरा

तुलसीपुर, २३ साउन करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ । रु १० करोड ५० लाख लागतमा...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

जाजरकोट, २३ साउन यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter