
चितवन, २७ साउन चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख बजेट विनियोजन गरिसकेको छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती...बाँकी अंश →

पोखरा, २७ साउन जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित...बाँकी अंश →

सुरुङ्गा, २७ साउन झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ...बाँकी अंश →

घोराही, २७ साउन मुक्तकमलरीले झण्डै रु एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्तकमलरी विकास मञ्चको रु आठ लाख ८८ हजार लागत र मुक्तकमलरी विकास मञ्चको आन्तरिक कोषबाट रु आठ लाख ३८ हजार गरी कूल रु ९७ लाख २७ हजार...बाँकी अंश →

डोटी, २६ साउन ९ कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले...बाँकी अंश →

विराटनगर, २६ साउन नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य...बाँकी अंश →

काठमाडौँ, २६ साउन प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा...बाँकी अंश →

काठमाडौँ, २६ साउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उहाँले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताउनुभयो । प्रधानन्यायाधीश राणाले...बाँकी अंश →

विराटनगर, २६ साउन इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले...बाँकी अंश →

चितवन, २६ साउन देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन्...बाँकी अंश →

काभ्रेपलाञ्चोक, २६ साउन प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३०, १० थान तासबुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब...बाँकी अंश →

घोराही, २६ साउन दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ । सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: