०७ चैत २०८२

प्रदेश

अध्यक्ष तिमिल्सिनालाई रामग्राममा सम्मान

परासी, १० भदौ  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सम्मान गरिएको छ । स्तुपको विकासमा योगदान पु¥याएको भन्दै उहाँलाई आज नेपाल पर्यटन पत्रकार महासङ्घ पश्चिम नवलपरासी शाखा र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले संयुक्तरूपमा सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरेका हुन् । भगवान् गौतमबुद्धको अस्तुधातु रहेको...बाँकी अंश →


असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

हेटौँडा, १० भदौ  प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको...बाँकी अंश →


मौलिक लयमा फर्किदै तीज

भद्रपुर, १० भदौ  अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले...बाँकी अंश →


तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक, १० भदौ पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग...बाँकी अंश →


एघार दिनदेखि कोशीपीडित अनशनमा

इनरुवा, १० भदौ  कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् । कोशी नदी कटान डुबान सङ्घर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी रखेको सङ्घर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताउनुभयो । कोशी ब्यारेज निर्माण भएका बेला इसं १९५४ मा...बाँकी अंश →


मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइयो

काठमाडौँ, १० भदौ  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको...बाँकी अंश →


अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

बाँके, १० भदौ जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ । गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका...बाँकी अंश →


रु ३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

राँझा, १० भदौ  बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको...बाँकी अंश →


सम्पदाबारे जानकारी दिन पदयात्रा

ललितपुर, १० भदौ   ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा...बाँकी अंश →


पारिश्रमिकको रकम सामाजिक संस्थालाई

खोटाङ, १० भदौ  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन...बाँकी अंश →


चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा बनाउन भ्याइनभ्याई

तनहुँ, १० भदौ  व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ । विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन...बाँकी अंश →


पोखरामा प्रदेशस्तरीय छेलो प्रतियोगिता हुने

कास्की, १० भदौ  विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो (ठेलो) प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज मेलामा यही भदौ १४ गते गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter