०७ चैत २०८२

प्रदेश

आन्तरिक सडक खोल्न स्थानीय सरकारलाई सकस

जाजरकोट, ११ भदौ  वर्षैपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई सडक खुलाउन समस्या भएको हो । दाता संस्थाद्वारा प्राविधिक जाँच तथा लागत अनुमानबिना निर्माण गरिएका सडक भत्किएका कारण शुरुमा निर्माण गर्दा लागेको रकम बराबर...बाँकी अंश →


अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर, ११ भदौ  भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले...बाँकी अंश →


जीप दुर्घटनामा एकको मृत्यु

डडेल्धुरा, ११ भदौ    डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ । अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप...बाँकी अंश →


तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने

लमही, ११ भदौ  जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ । तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको नेपाली काङ्ग्रेस दाङले जनाएको छ । यही भदौको २४ गते महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा शालिक अनावरण...बाँकी अंश →


तीन पुल निर्माण सम्पन्न

चितवन, ११ भदौ तीन पुल निर्माण सम्पन्न नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका...बाँकी अंश →


उपचारको क्रममा थुनुवाको मृत्यु

जलेश्वर, ११ भदौ    महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर...बाँकी अंश →


अस्पताल स्थापना हुने भएपछि खुशीयाली

परासी, ११ भदौ  नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल...बाँकी अंश →


दलित छात्रावास भवन अलपत्र

लहान, ११ भदौ  उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो । आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण...बाँकी अंश →


नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध

काठमाडौँ, ११ भदौ  नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले...बाँकी अंश →


बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते

सुर्खेत, ११ भदौ  जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल...बाँकी अंश →


खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

बनेपा, ११ भदौ    काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न...बाँकी अंश →


त्रिपालमुनि पढ्दै विद्यार्थी

मुसिकोट, ११ भदौ  रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् । हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter