०६ चैत २०८२

प्रदेश

सुरु भयो, विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौँ, १७ भदौ  पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यवहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य...बाँकी अंश →


आधाभन्दा बढी मुद्दा फछ्र्यौट

विराटनगर, १७ भदौ  उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा ५६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेर आएका ९५६ गरी कूल चार हजार ४२४ मध्ये दुई हजार ४८२ मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ । यो कूल फछ्र्यौट मुद्दाको ५६ दशमलव...बाँकी अंश →


‘बर्मा’मा तीज

काठमाडौँ, १७ भदौ  म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो । कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड...बाँकी अंश →


सर्पले डसेर किशोरीको मृत्यु

इलाम, १७ भदौ विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे छिन् । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चारआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।बाँकी अंश →


डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

चितवन, १७ भदौ  डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु...बाँकी अंश →


दुईको आत्महत्या

काठमाडौँ, १७ भदौ  खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको...बाँकी अंश →


प्रवेश परीक्षा अन्योलमा

काठमाडौँ, १७ भदौ  त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करीब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए । ती...बाँकी अंश →


गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

काठमाडौँ, १७ भदौ  विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन...बाँकी अंश →


जापान रोजगारीः कात्तिकमा परीक्षा

काठमाडौँ, १७ भदौ  जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा...बाँकी अंश →


अघ्र्य दान गरी समापन गरियो गणेश चतुर्थी व्रत

काठमाडौँ, १७ भदौ  अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित अघ्र्य दिएर यस वर्षको गणेश चतुर्थी व्रत समापन गरिएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण गणेश चतुर्थी व्रत सोमबार हरितालिका (तीज)कै दिन परेको थियो...बाँकी अंश →


अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन

धनगढी, १७ भदौ  ‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ । धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो...बाँकी अंश →


सर्पले डसेर किशोरीको मृत्यु

इलाम, १७ भदौ  विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter