
इनरुवा, २० भदौ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको...बाँकी अंश →

खोटाङ, २० भदौ पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका...बाँकी अंश →

चिप्लेढुङ्गा, २० भदौ विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ ।...बाँकी अंश →

मेलम्ची, १९ भदौ मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय...बाँकी अंश →

मुग्लिन, १९ भदौ यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार सम्ममर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब...बाँकी अंश →

रोल्पा, १९ भदौ पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो । यही भदौ १८ गते बिहान तीजको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई एक्कासि आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका...बाँकी अंश →

काठमाडौँ, १९ भदौ पूर्वसांसद मञ्च नेपालले आफ्नो स्थापना दिवसका अवसरमा ७० वर्ष उमेर पुगेका १९ पूर्वसांसदलाई सम्मान गरेको छ ।मञ्चको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वसांसदहरु शारदा पोखरेल, हीरादत्त भट्ट, तारिणीदत्त चट्टौत, होमबहादुर मल्ल, जुठबहादुर टुहुरे (जेवी टुहुरे), श्रवणकुमार अग्रवालसहित...बाँकी अंश →

कैलाली, १९ भदौ कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न...बाँकी अंश →

नेपालगञ्ज, १९ भदौ वादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । “विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो ।...बाँकी अंश →

इलाम, १९ भदौ भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात...बाँकी अंश →

दमौली, १९ भदौ गत जेठ २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई रु दश लाख प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालयमार्फत् प्राप्त उक्त रकमको चेक आज पीडितका आमा दुर्गा अधिकारीलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र भानु नगरपालिकाका...बाँकी अंश →

डोटी, १९ भदौ गाउँमा स्थानीय सरकार गठन भएसँगै सामान्यदेखि अन्य आर्थिक कारोवार गाउँपालिकाबाट नै हुन थालेपछि जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा चहलपहल एकाएक घटेको छ । पछिल्लो केही वर्षयतादेखि डोटीको दिपायल, सिलगढीको बजार सङ्घीयताको मारमा परेको स्थानीयबासिन्दाको भनाइ छ । यतिमात्र नभई सङ्घीयता लागू भएर प्रदेश सरकार गठन भई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: