०४ पुष २०८२

प्रदेश ५

कपिलवस्तुको शुद्धोधन गाँउपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर घोषणा

  कपिलवस्तु भदौ २९ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा शुद्धोधन गाउँपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर गाउँपालिका घोषणा भएको हो । शुक्रबार बाल दिवसको अवसर पारेर एक समारोहका बीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका...बाँकी अंश →


ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु ।

कपिलबस्तु भाद्र २९ कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तौलिहवा– जीतपुर ४ नं सडक खण्डको बाणगंगा नगरपालिका–३ कर्महनामा लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको हो । शुक्रबार दिउसो तौलिहवा बाट जीतपुर...बाँकी अंश →


नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, २९ भदौ ,,    पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी...बाँकी अंश →


विकलाई काठमाडौँ लगियो

लमही, २८ भदौ ,,   नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँबाट आज काठमाडौं लगिएको छ । आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौँ पठाइएको उहाँले...बाँकी अंश →


बर्दिया: मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारवाहीमा

बर्दिया,   सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ । कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान...बाँकी अंश →


गोली प्रहारबाट तरुण दलका नेताको मृत्यु

रोल्पा, २४ भदौ ,,   रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका...बाँकी अंश →


जनतालाई कर र महङ्गीको भार थोपरियो– सभापति देउवा

गुलरिया, बर्दिया २४ भदौ ,,    नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताउनुभयो ।...बाँकी अंश →


हुलाकि सड़क निर्माणमा तीव्रता दिन आवश्यक

आज कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हूलाकि निर्माणमा तीव्रता दिन आज भदौ२४ गते हूलाकि सड़क सँघर्ष समितिले ध्यानकेन्द्रित गराएका छन ।बिशेष गरी कपिलवस्तुको तौलिहवा देखि बहादुरगंज सम्म एकदमै जीर्ण अवस्थामा रहेको हूलाकि सड़कमा आवत जावत गर्न स्थानीयलाई ठुलो पीर परेको हुन्छ । समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पुत्र बुझाउदै यथाशीघ्र...बाँकी अंश →


पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत

नेपालगञ्ज, २४ भदौ ,,   नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ । आज यहाँ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले...बाँकी अंश →


विदेशको कमाइले ‘सुपरमार्केट’

दाङ, २४ भदौ ,,   पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट...बाँकी अंश →


स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हँुदैनः सभापति देउवा

बुटवल, २३ भदौ ,,   पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भन्नुभयो । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक...बाँकी अंश →


किशोरी बलात्कृत

बाँके, २२ भदौ ,,    नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साइबाबाले तीन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter