०५ पुष २०८२

प्रदेश ५

पेस्तोलसहित एक पक्राउ

परासी, ३० कात्तिक,,   पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गए राति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई...बाँकी अंश →


धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर, ३० कात्तिक,,   बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५...बाँकी अंश →


जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

रामपुर, ३० कात्तिक,,   जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे...बाँकी अंश →


छात्रालाई प्याड वितरण

रामपुर, २९ कात्तिक,,   पूर्वखोला गाउँपालिका पाल्पाले रजस्वला हुँदा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाका कुनै पनि विद्यालयमा रजस्वलाका बेला छात्राहरु पढाइ छाडेर घरमा बस्न नपरोस् भन्ने उद्देश्यले ७२ प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत तथा विद्यालयको २५ प्रतिशत अनुदानमा...बाँकी अंश →


बसपार्क निर्माणमा ढिलाइ

नेपालगञ्ज, २९ कात्तिक,,  पन्ध्र महीनामा सक्ने भनिएको नेपालगञ्ज बसपार्कको निर्माण कार्य तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन । पन्ध्र महीनाभित्र निर्माण सक्ने गरी नेपालगञ्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्सबीच सन् २०१६ मार्चमा सम्झौता भएको थियो । निर्माण शुरु भएको अहिले तीन वर्ष बितिसक्दा झण्डै ५० प्रतिशत काम...बाँकी अंश →


हुस्सुले उडान अवरुद्ध

राँझा, २९ कात्तिक ,,  बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार साना र ठूला हवाई जहाजका...बाँकी अंश →


विद्यालय रहर लाग्दो भएपनि विद्यार्थी आकर्षित भएनन्

पाल्पा, २९ कात्तिक,,   रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अmभैm रहरलाग्दो पाठशाला बन्नसकेको छैन । उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् । फूलका...बाँकी अंश →


रोल्पाको जडीबुटी–तेल काठमाडौँसम्म

कात्तिक, २९ रोल्पा,,   पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ । लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, सुगन्धवाल, सुगन्धकोकिला, तितेपातीलगायत जडीबुटीबाट तेल निकाल्न थालिएको हो । सो उद्योगबाट उत्पादित तेल काठमाडौँ, पोखरा, चितवनजस्ता बजारमा पठाउन थालेको उद्योगले जनाएको छ...बाँकी अंश →


सडक दुर्घटनामा नेतृ शाहीको मृत्यु

राँझा, २९ कात्तिक,,   बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उहाँ घाइते हुनुभएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो...बाँकी अंश →


अबैध रुपमा कपडा बरामद

कपिलवस्तु २८ कार्तिक । कपिलबस्तुको बिजयनगर गाउपालिकाअन्र्तगत पर्ने ईलाकाप्रहरी कार्यलय गणेशपुर बाट प्र.नि.नविनपौडेलको कमान्डमा खटिएको सिभिल टोलीले हिजोदिनको अन्दाजी ५बजे तिर चेक जाचको क्रममाबिजयनगर गाउपालिकाको वडा नं.३ मैनारी गाँउबाट एक जनाले केही समानलिएर चन्द्रौटा तिर जादै क्रममा खैटिएको टोलीले चेक जाचको लागी रोक्नाखोजने क्रममाउतm मान्छेले टोलीलाई हेरेपछि समान छोडी भागेको...बाँकी अंश →


भैरहवा मालपोत अनलाइनमा

भैरहवा, २८ कात्तिक,,  मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारीदिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको...बाँकी अंश →


लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक,,   नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् । नेपालका लागि थाइल्याण्डका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter