०६ पुष २०८२

प्रदेश ५

जीर्ण भयो बेली ब्रिज

मुसिकोट, १४ मङ्सिर,,   राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ । मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको विभिन्न स्थानमा प्वाल परेकाले जोखिम बढ्दै गएको सम्बद्ध सवारी चालकहरूले बताउँदै आएका छन् । पुल निर्माणपछि मर्मत र सम्भार नगरिँदा स्टिल प्लेट...बाँकी अंश →


जुटे युवा पञ्चैबाजा संरक्षणमा

पाल्पा, १४ मङ्सिर ,,   नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो । पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उहाँका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा...बाँकी अंश →


अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

राँझा, १३ मङ्सिर,,   बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समूहको मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक हुने

कपिलवस्तु १३ मङ्सिर,,    नेपाली जनता को संघर्ष र बलिदान द्वारा स्थापित लोकतांत्रिक संघिय गणतंत्र मा जारी भएको संविधान ले देश को शोषित, पिडित र आम जनता को हित मा हुने  पूर्ण विश्वास गरिएको थियो। जनता को हक अधिकार सुनिश्चित र सर्वांगीण विकास भई आर्थिक स्तर मा सुधार आई समाज मा...बाँकी अंश →


पीडित पुरुष धाउन थाले अदालत

रोल्पा, १३ मङ्सिर,,   रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको...बाँकी अंश →


संविधान कार्यान्वयन र समृद्धिको यात्रा प्रारम्भ

बुटवल, १२ मङ्सिर,,  प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिकोत्सवको अवसरमा उहाँले विगतका वर्ष राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै अबको समय सुखी...बाँकी अंश →


कानून र योजना निर्माण यो वर्षको मुख्य काम ः मुख्यमन्त्री पोखरेल

नारायणपुर, १२ मङ्सिर,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा कानून पारित भइसकेको र त्यति नै मात्रामा...बाँकी अंश →


जुनी फेरेको रानीतलाउ

बाँके, १२ मङ्सिर,,   लामो समयदेखिको बेवास्ताका कारण टन्न घाँस उम्रिएर सुख्खा बनेको रानीतलाउले तलाउले जुनी फेरेको छ । नगर प्रमुख डा धवलशमसेर राणा निर्वाचित भएलगत्तै जीर्णोद्धार गर्ने निर्णय अहिले कार्यान्वयनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका भित्रको उक्त तलाउ आकर्षक पर्यटकीय क्षेत्र पनि बन्न पुगेको छ । नेपालगञ्जसित रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै...बाँकी अंश →


ढोरपाटनमा नाउर र झारलको सिकार

गलकोट, ११ मङ्सिर ,,   ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार...बाँकी अंश →


नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

तौलिहवा, ११ मङ्सिर,,   नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन...बाँकी अंश →


गहुँको उन्नत बीउ अनुदानमा

तुलसीपुर, १० मङ्सिर,,   तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले यसवर्ष दश मेट्रिक टन गहुँको उन्नत जातको बीउ अनुदानमा किसानलाई वितरण गरेको छ । कृषि शाखाका प्रमुख तिलकबहादुर केसीका अनुसार १९ वडाका ५२६ किसानलाई आवश्यकता अनुसार गहुँको बीउ वितरण गरिएको हो । सम्बन्धित वडाको सिफारिसका आधारमा किसानलाई गहुँको बीउ वितरण गरिएको हो...बाँकी अंश →


हाटबजारका तरकारीको पनि विषादी अवशेष परीक्षण

खस्यौली, ९ मङ्सिर,,    रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले तरकारी उत्पादन क्षेत्रबाट समेत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter