०६ पुष २०८२

प्रदेश ५

आगलागीबाट रु १२ लाखको क्षति

तुलसीपुर, ३ पुस,, घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हँुदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हँुदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको...बाँकी अंश →


शव नआउँदा परिवार पीडामा

बाँके, ३ पुस,,  साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागार्इंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ । समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव...बाँकी अंश →


अध्यादेशप्रति निजामती कर्मचारीको असहमति

रुपन्देही, ३ पुस,,  सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति नेपाल निजामती कर्मचारी युनियन सङ्घ प्रदेश नं ५ समितिले असहमति जनाएको छ । कर्मचारीको साझा अवधारणा विपरीत कर्मचारी समायोजन अध्यादेश जारी गरेको भन्दै समितिले प्रदेश नं ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सोमबार सङ्घीय सरकारलाई १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । निजामती...बाँकी अंश →


बसको ठक्करबाट दुई जनाको मृत्यु

राँझा, २ पुस,, बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।...बाँकी अंश →


आलेख.. दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

बेझाड, पाल्पा, २ पुस,,  पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई...बाँकी अंश →


देशभरका शिक्षाविद् बुटवलमा जुट्दै

खस्यौली, २ पुस,, बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ । यस जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक...बाँकी अंश →


विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम (पश्चिम), २ पुस,,  रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको...बाँकी अंश →


पूर्व मंत्री र स्थानीय प्रतिनिधि को प्रयास मा करोड़ौ को बजेट

कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल सरकार को ध्यानाक्रष्ण भएको छ। पछिल्लो समयमा पूर्वमंत्री इश्वर दयाल मिश्रा र जाबेद आलम खाँ र अन्य नेता कार्यक्रता को पहलमा आउनु भएका समान्य प्रशासन मंत्री लाल बाबु पण्डित ले कृष्णनगर नगरपालिका शिवराज नगरपालिका र विजयनगर गाउपालिका को भ्रमण गरि केन्द्रीय योजना मा यहा को...बाँकी अंश →


शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज

लमही, २ पुस,, दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान शनिराम चौधरीले बताउनुभयो । “हामीले योभन्दा पहिले धेरै तरकारी कुहिएर त्यसै फाल्नु परेको थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालनमा आएपछि अब तरकारी...बाँकी अंश →


हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

नेपालगञ्ज, २ पुस,, बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिनुभयो । नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ...बाँकी अंश →


ऐतिहासिक जीतगढी किल्लामा चित्रकार

खस्यौली, १ पुस,,  रुपन्देहीको बुटवलकी चित्रकार सुमित्रा रानाले ऐतिहासिक जीतगढी किल्लाको चित्र कोर्न पाउँदा खुशी देखिनुभएको छ । “यसले हामीलाई जीतगढीको ऐतिहासिक पक्ष जानकारी हुनुको साथै वास्तविक दृश्यबाट समेत नयाँ शिक्षा मिल्छ”, चित्र कोर्दै उहाँले भन्नुभयो । इन्टरनेशनल वाटरकल सोसाइटी प्रदेश नं– ५ की संयोजक समेत रहनुभएकी रानाले स्थलगत चित्रकला...बाँकी अंश →


विद्यालयलाई एक करोड सहयोग

वामी, १ पुस,,  गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो । उक्त विद्यालय ६०औँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter