
राँझा, ६ पुस,, बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो...बाँकी अंश →

लमही, ६ पुस,, कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहनुभएकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल हुनुभएको छ ।ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गर्नुभएको हो। अहिले उहाँसंग ६०...बाँकी अंश →

रुकुम (पूर्व), ६ पुस,, जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बनाउन थालिएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन गरेको थियो ।...बाँकी अंश →

नवलपरासी, ५ पुस,,पूर्वी नवलपरासीको दाउन्ने डाँडा द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ । जिल्ला सुरक्षा समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्णयअनुसार नेपाली सेनाले आफ्नो जिम्मेवारी बरबुजारत गरी दाउन्नेबाट बाहिरिएको हो । हाल देशमा शान्ति सुरक्षा कायम भएको...बाँकी अंश →

नवलपरासी, ५ पुस,, पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहँुदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो । कार्यालयका अनुसार...बाँकी अंश →

घोराही, ५ पुस,, दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय...बाँकी अंश →

बाँके, ५ पुस,, पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् । स्वास्थ्यका बारे जनचेतना नभएकाले, सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा...बाँकी अंश →

कपिलबस्तु/संवाददाता कपिलबस्तु को कृष्णनगर नगरपालिका वडा नं.१० खैरा गाउमा अ.७ किलो ५००ग्राम चरेस बरामद भएको छ। ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नबिन पौडेल को कमान्ड मा खटिएको गस्ती टोली ले विशेष सुराकी को आधारमा कृष्णनगर न.पा.१० खैरा गाउमा बस्ने रफीक अमिन खाँ को घर मा खान तलासी गर्दा घर...बाँकी अंश →

बाँके, ५ पुस,, सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना...बाँकी अंश →

दाङ, ५ पुस,, दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि...बाँकी अंश →

रोल्पा, ५ पुस,, स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए । ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह नगरेको विषयका थिए । दुवै मुद्दामा मित्रापत्र गराइको जानकारी दिँदै समितिका...बाँकी अंश →

खस्यौली, ४ पुस,, मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर)...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: