०६ पुष २०८२

प्रदेश ५

नरैनापुरको मुहार छिट्टै फेरिने

नेपालगञ्ज, ८ पुस,,  बाँकेको राप्तीपारी विकट क्षेत्र बघौडामा पर्ने नरैनापुर गाउँपालिकालाई पूर्ण साक्षर तथा सरसफाइयुक्त बनाउन त्यहाँका प्रबुद्ध वर्ग लागिपरेका छन् । गाउँपालिकाले अघि सारेको पूर्ण साक्षर तथा सरसफाइ अभियानमा अहिले गाउँपालिकाका सबै वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, नागरिक समाजका अगुवालगायत सर्वसाधारण समेत एक भएका छन् । बाँके जिल्लाको दुई नगरपालिकासहित...बाँकी अंश →


काङ्ग्रेस महासमिति बैठक आज समापन हुँदै

काठमाडौँ, ८ पुस,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ । आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी...बाँकी अंश →


दुर्घटनाप्रति नेकपा प्रदेश ५ द्वारा दुःख व्यक्त

दाङ, ८ पुस,, दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले दुःख व्यक्त गरेको छ । नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ...बाँकी अंश →


प्रदेश नं ५ मा प्रदेशिक हज समिति गठन गर्नु पर्ने माग

कपिलबस्तु/संवाददाता पुस ८ सरकार स्तरबाट सम्बोधन हुनुपर्ने मदरसाका सवालहरु को विषयमा सेभ द चिल्ड्रेन को सहयोग, शिक्षा विकास तथा समान्वय इकाई कपिलबस्तु को समान्वय र लिडो नेपाल आयोजनामा गौतम बुद्ध होटल तौलिहवा कपिलबस्तु मा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा प्रदेश नं ५ का सामाजिक विकास मंत्रालय का उपसचिव...बाँकी अंश →


आयआर्जन गर्न एकल महिलालाई तालीम

पाल्पा, ८ पुस,, एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् । गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् । तालीममा...बाँकी अंश →


टिपर दुर्घटनामा चालकको मृत्यु

रोल्पा, ८ पुस,,  रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ...बाँकी अंश →


‘रातभरि थुन्ने अभियान’

बाँके, ७ पुस,, कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भन्नुभयो,...बाँकी अंश →


दुर्घटनामा मृत्यु भएका २२को शव अस्पतालमा

दाङ, ७ पुस,,  तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५...बाँकी अंश →


जमीनमा महिलाको स्वामित्व बढ्यो

दाङ, ६ पुस,, कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो । अझ अविवाहिता छोरीलाई त ‘उनीहरू...बाँकी अंश →


आगलागीबाट दुई पसलमा क्षति

राँझा, ६ पुस,, नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्णरुपमा पूरै क्षति भएको भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको थियो । समयमै...बाँकी अंश →


सुस्त श्रवण भएका बालबालिकालाई कम्मल

दाङ, ६ पुस,, घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ । कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले बहिरा सङ्घकी कार्यक्रम निर्देशक प्रतिमा शर्मालाई ती बालबालिकाको छात्रावासमा पुगेर १०० थान कम्मल प्रदान गर्नुभएको हो । चिसो...बाँकी अंश →


स्वास्थ्यचौकी नै अस्वस्थ

राँझा, ६ पुस,,  बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter