०१ पुष २०८२

प्रदेश ५

दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

बाँके, २० भदौ  सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था...बाँकी अंश →


विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह

दाङ, २० भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गर्नुभयो । नेकपा स्थायी कमिटीका सदस्य...बाँकी अंश →


पहिराले च्यापेर मृत्यु

रोल्पा, १९ भदौ  पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो । यही भदौ १८ गते बिहान तीजको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई एक्कासि आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका...बाँकी अंश →


असोज १२ देखि हार्डवेयर प्रदर्शनी मेला

कैलाली, १९ भदौ  कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न...बाँकी अंश →


वादी समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक

नेपालगञ्ज, १९ भदौ  वादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । “विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो ।...बाँकी अंश →


Minor dies of snake bite

Tulasipur, Sept 5  A festival is being organised in Kailali with the objective of creating awareness for the protection of Dolphins. The festival is being hosted by the Kailali Hotel Entrepreneurs Association in Tikarpur from August 14 to 16. Dolphins are found in the Kandra, Patharaiya, Kanda and Mohan rivers...बाँकी अंश →


सर्पले डस्दा बालिकाको मृत्यु

तुलसीपुर, १९ भदौ  दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा छ जना घाइते...बाँकी अंश →


नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा, १९ भदौ  भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन...बाँकी अंश →


नमूना विद्यालयको प्राथमिकताः शैक्षिक गुणस्तरीयता

बेझाड, १८ भदौ  नमूना विद्यालयका रुपमा छनोट भएसँगै पाल्पाका चार सामुदायिक विद्यालय यतिखेर शैक्षिक गुणस्तरीयता र पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी मावि, गङ्गा मावि, तानसेन नगरपालिकास्थित दमकडा मावि र माथागढी गाउँपालिकाको कसेनीस्थित दिव्यज्योति माविलाई नमूना विद्यालयको छनोटमा परेका हुन् । तीमध्ये रामतुलसी, गङ्गा र दमकडा...बाँकी अंश →


आलेख ः सीमावारि निगरानी, पारि बालविवाह

बाँके, १८ भदौ    बाँके, १८ भदौ (रासस) ः “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो ।...बाँकी अंश →


तीन महीनादेखि मार्तडी–कोल्टी सडक खुलेन

मार्तडी, १८ भदौ  जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् ।...बाँकी अंश →


भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा नूर मोहम्मद खान नियुक्त

केयरखबर प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा इंजीनियर नूर मोहम्मद खान नियुक्त भएका छन । नेपाल इंजीनियरिंग सेवाका लागि राजपत्राङ्कितमा प्रदेश ५ को भौतिक मन्त्रालयको सचिवको रुपमा प्रस्तावित गरिएको थियो । इंजीनियर नुर मोहम्मद प्रदेश ५ को राजधानी बुटवल स्थित भौतिक मंत्रालयले आज भदौ१७ गते देखि उहाँको जिम्मेवारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter