
रुपन्देही, २५ भदौ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् ।...बाँकी अंश →

घोराही, २५ भदौ देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीयसरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक,...बाँकी अंश →

तुलसीपुर, २५ भदौ दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ...बाँकी अंश →

अर्घाखाँची, २४ भदौ अर्घाखाँची, २४ भदौ (रासस) ः “चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिगे्रकोे मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन ।” यो भनाइ...बाँकी अंश →

परासी, २४ भदौ पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् ।जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् । स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि...बाँकी अंश →

बाँके, २४ भदौ मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन् । बाँकेमा...बाँकी अंश →

कपिलवस्तु, २४ भदौ मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै...बाँकी अंश →
राँझा, २४ भदौ नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा...बाँकी अंश →
रुकुमपूर्व, २४ भदौ एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ...बाँकी अंश →

रुपन्देही, २३ भदौ रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो । डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ । जिल्लाको मायादेवी, ओमसतिया गाउँपालिका,...बाँकी अंश →

अर्घाखाँची, २३ भदौ अर्घाखाँची, २३ भदौ (रासस) ः नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये डंगर गिद्ध अति सङ्कटापन्न (लोप हुने) अवस्थामा छ । हाल नेपालमा डंगर गिद्धको सङ्ख्या २ हजारको हाराहारीमा रहेको अनुमान छ । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौंको सङ्ख्यामा पाइने गिद्ध झण्डै ९५...बाँकी अंश →

राँझा, २३ भदौ अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: