०१ पुष २०८२

प्रदेश ५

वडा कार्यालयमा आगजनी

कञ्चनपुर, २७ भदौ    भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो । आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको...बाँकी अंश →


पहिरामा पुरिएर चालकको मृत्यु

बेझाड, २७ भदौ  सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८...बाँकी अंश →


प्रवक्ताको गाडी आगजनी

भीमदत्तनगर, २७ भदौ  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको...बाँकी अंश →


पूर्ण संस्थागत सुत्केरीलाई जोड दिँदै स्थानीय सरकार

बेझाड, २७ भदौ  घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएका छन् । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएका हुन् ।...बाँकी अंश →


तीन पक्राउ, तीनको खोजी गरिँदै

नेपालगञ्ज, २७ भदौ  नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताउनुभयो । सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको...बाँकी अंश →


विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

नेपालगञ्ज, २७ भदौ  शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।” उहाँले विकासमै राजनीति गर्न लागियो...बाँकी अंश →


आलेख ः वर्षेनी हराउँछन् रोल्पामा महिला

रोल्पा, २६ भदौ    रोल्पा, २६ भदौ (रासस) ः बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ? जिल्ला प्रहरी...बाँकी अंश →


उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

परासी, २६ भदौ  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको...बाँकी अंश →


पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुमपश्चिम, २६ भदौ  मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने...बाँकी अंश →


नगर बसमा महिला कन्डक्टर !

काशीराम शर्मा बाँके, २५ भदौ  नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ । स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा...बाँकी अंश →


बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै

राँझा, २५ भदौ  यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


न्यायिक समितिमा न्यून उजुरी

रुकुमपूर्व, २५ भदौ    जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरिए पनि न्यून उजुरी पर्ने गरेका छन् । अझै पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहेको पाइएको छ । नगरपालिकामा नगर उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter