३० मंसिर २०८२

प्रदेश ५

प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली, १० असोज  प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो । पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को...बाँकी अंश →


आलेख ः पर्यटकीय गतिविधि बढे

रुपन्देही, १० असोज    प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको...बाँकी अंश →


पुनःपरीक्षा गराइयो

गुल्मी, १० असोज  प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर...बाँकी अंश →


यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

बाँके, १० असोज  महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्लो ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा...बाँकी अंश →


रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न जोड

परासी, १० असोज    भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आवश्यक विकासका पूर्वाधार अभावमा ओझेलमा परेकाले नेपाल सरकारले पहिलो प्राथमिकता दिएर विश्वसम्पदा...बाँकी अंश →


आफ्नै भवनमा वडा कार्यालय

तुलसीपुर, १० असोज  दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा हुन थालेको छ । गाउँपालिकाको रु ३५ लाखको लागतमा सो चार कोठे भवन निर्माण गरिएको हो ।पूर्वमन्त्री दीपक गिरीले आज यहाँ उक्त भवन शुभारम्भ गर्दै सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो...बाँकी अंश →


समाजवादी पार्टी को कृष्णनगर नगर समिति गठन:अध्यक्षमा गोपाल प्यारे चंदेल

  कृष्णनगर कपिलवस्तु असोज९   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ।   उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे चंदेल, उपाध्यक्षमा आरती सिंह यादव, सचिवमा जगमोहन बरई,सह-सचिवमा राहुल मोदनवाल,कोषाध्यक्षमा आरिफ अहमद...बाँकी अंश →


कृष्णनगर समाजिक सद्भाव कायम राख्न अन्तरक्रिया

  कृष्णनगर, कपिलवस्तु, असोज ९   कपिलवस्तु को कृष्णनगर उद्योग वाणिज्य संघको हालमा प्रमुख जिल्ला अधिकारी को आयोजना र सशस्त्र प्रहरी बल कृष्णनगर को व्यवस्थापन र इलाका प्रहरी कार्यालय कृष्णनगर को सहकार्य मा कृष्णनगर मा शान्ति सुरक्षा कायम राख्न को लागी छलफल सम्पन्न।जसमा दशै, तिहार र छठ लगायत चाडपर्व को...बाँकी अंश →


भगवान् बनाइँदै

राँझा, ९ असोज  बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उहाँ माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका...बाँकी अंश →


सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ ः अध्यक्ष दाहाल

बुटवल, ९ असोज  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई...बाँकी अंश →


गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने

भैरहवा, ९ असोज  ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं...बाँकी अंश →


छाडा चौपाया व्यवस्थापनमा चुनौती

नेपालगञ्ज, ९ असोज  नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ । गाई, साढे, सङ्गुर, घच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेटन सकिन्छ । पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter