
काठमाडौँ, १० असोज काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएको छ । बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो । दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा समस्या आएको कामपाको...बाँकी अंश →

लहान, १० असोज प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका १४८ छात्रालाई साइकल वितरण गरिएको छ । धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितरण गर्नुभएको हो ।...बाँकी अंश →

बेत्रावती, १० असोज भूकम्पका कारण घरबास गुमाएका नुवाकोटका सुकुम्वासी र भूमिहीन भूकम्पपीडित जग्गा अभावका कारण घर बनाउनबाट वञ्चित भएका छन् । विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’का कारण जिल्लामा ४१७ परिवार विस्थापित तथा २५२ परिवार भूूमिहीन भएका थिए । यिमध्ये आधाभन्दा बढीले अझै घर बनाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन...बाँकी अंश →

म्याग्दी, १० असोज अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवनको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले...बाँकी अंश →

कास्की, १० असोज गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संविधान, कानून र प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा असोज ६ गते प्रस्तुत ‘गण्डकी प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलका क्रममा...बाँकी अंश →

चितवन, १० असोज प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन...बाँकी अंश →

न्युयोर्क, १० असोज नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा...बाँकी अंश →

स्याङ्जा, १० असोज गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेश आन्तरिक भम्रण वर्ष २०१९ को सिलसिलामा स्याङ्जाको भिरकोट नगरपालिका–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी छाँया क्षेत्र मन्दिरको बिहीबार दर्शन एवम...बाँकी अंश →

काठमाडौँ, १० असोज नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ,...बाँकी अंश →

काठमाडौँ, ९ असोज नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो । पहिचान मिडियाको समन्वयमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधानसभाका सदस्य...बाँकी अंश →

काठमाडौँ, ९ असोज नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा...बाँकी अंश →

काठमाडौँ, ९ असोज यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: