०७ चैत २०८२

समाचार

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा, १० असोज    हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो...बाँकी अंश →


खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

काठमाडौँ, १० असोज  नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो ।...बाँकी अंश →


‘आँखा अस्पताल प्रदेशको शान’

चिप्लेढुङ्गा, १० असोज  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताउनुभयो । आर्थिक अनुशासन र...बाँकी अंश →


प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली, १० असोज  प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो । पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को...बाँकी अंश →


स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छ ः उपराष्ट्रपति पुन

चितवन, १० असोज  उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताउनुभयो । “नागरिकलाई स्वस्थ बनाउन...बाँकी अंश →


व्यासको स्याउका ग्राहक भारतीय सुरक्षाकर्मी

दार्चुला, १० असोज    व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उहाँका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उहाँले बताउनुभयो । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगँैचामा फलेको छ । “स्याउ पाक्ने...बाँकी अंश →


आलेख ः पर्यटकीय गतिविधि बढे

रुपन्देही, १० असोज    प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको...बाँकी अंश →


सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली, १० असोज  विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष...बाँकी अंश →


‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’

काठमाडौँ, १० असार  प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उहाँले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल बहुजाति,...बाँकी अंश →


पुनःपरीक्षा गराइयो

गुल्मी, १० असोज  प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर...बाँकी अंश →


पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह

भद्रपुर, १० असोज  प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तरराष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताउनुभएको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र...बाँकी अंश →


‘निष्ठुरी’ सार्वजनिक

काठमाडौँ, १० असोज  गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter