रोल्पा, २२ जेठ (रासस) ः स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो ।...बाँकी अंश →
रत्ननगर, चितवन, २२ जेठ (रासस) ः चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी...बाँकी अंश →
इटहरी, २२ जेठ (रासस) ः प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाँै बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार...बाँकी अंश →
बैतडी, २२ जेठ (रासस) ः विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् ।...बाँकी अंश →
लिबाङ, रोल्पा, २२ जेठ (रासस) ः ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम (म त मूर्ख रहेछु) द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी...बाँकी अंश →
कैलाली, २२ जेठ (रासस) ः कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल विद्युत्...बाँकी अंश →
बझाङ, २२ जेठ (रासस)ः जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको...बाँकी अंश →

करीम बख्श मिया, तत्कालिन नेकपा (एमाले) को भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संघठनको इफ्तार कार्यक्रम विवादमा घेरिएको छ। गत सोमबार काठामण्डौमा सम्पन्न कार्यक्रममा वितरित मायाको चिनोमा इस्लाम धर्मको पवित्र स्थल मक्का र मदीनाको दुरुपयोग भएको भनी सामाजिक सन्जालमा चर्को विरोध भएको हो। संगठनले आयोजना गरेको इफ्तार कार्यक्रममा मक्का मदीनालाई प्लेटको...बाँकी अंश →
काठमाडौँ, २२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा आज साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संघीय महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ । महासंघको यहाँ सम्पन्न राष्ट्रिय कार्यसमितिको ११औँ बैठकले उक्त मितिमा महाधिवेशन आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गर्ने निर्णय गरेको छ । बैठकले संविधानबमोजिम नै संघीय, प्रादेशिक र स्थानीय तहमा सामुदायिक...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘मेरो लगानी डट कम’का प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले क्रिकेटर लामिछानेलाई संयुक्त रूपमा सम्मान गर्नुभयो । क्रिकेटर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: