काठमाडौँ, २३ जेठ (रासस)ः पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिनुभयो । ‘‘नेपालमा बढ्दो...बाँकी अंश →
लहान, २३ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा...बाँकी अंश →
पर्सा, २३ जेठ (रासस) ः भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती...बाँकी अंश →
अछाम, २३ जेठ (रासस) ः दृढ ईच्छा, लगनशीलता र इमान्दारीता भयो भने सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयासमा सर्वसाधारण व्यक्ति पनि लाग्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, अछाम साँफेबगरका कृष्ण कुँवर । पेशाले पुस्तक व्यवसायी कुँवर आफ्नो जिल्लाको सामुदायिक विद्यालयको शैक्षिकस्तर कसरी माथि उकास्ने भन्नेबारेमा सधैँ चिन्तित हुन्छन् ।...बाँकी अंश →
काठमाडौँ, २३ जेठ (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताउनुभएको छ । यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न...बाँकी अंश →
काठमाडौँ, २३ जेठ (रासस) ः पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले...बाँकी अंश →
काठमाडौैँ, २३ जेठ (रासस) ः सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले...बाँकी अंश →
काठमाडौँ, २३ जेठ (रासस) ः लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु २५ हजार र...बाँकी अंश →
विराटनगर, २३ जेठ (रासस) ः इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय...बाँकी अंश →
पाल्पा, २३ जेठ (रासस) ः रामपुर नगरपालिकाको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै यहाँका आन्तरिक पर्यटक तालप्रति लोभिएका छन् । सामान्य पानी रहेको पोखरीमा मानिसलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले तालपोखरा जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो । तालमा भरिभराउ पानी, डुङ्गाको यात्रा, दैनिक शिवको पूजा हुन थालेसँगै पर्यटक यस...बाँकी अंश →
चितवन, २३ जेठ (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यससँगै दैनिक बिहान १० देखि दिउँसो...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, २३ जेठ (रासस) ः धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: