०६ चैत २०८२

समाचार

असार १५ गतेभित्र बजेट कार्यान्वयनको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरुलाई बोलाई उहाँले नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन...बाँकी अंश →


निरन्तर दलित अधिकारको पक्षमा चमेली

काठमाडौँ, २५ जेठ (रासस) ः नेपालमा जातीय छुवाछूत कानूनमा हटेको लामै समय भयो तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन । सामाजिक तथा सांस्कृतिक परिवेशका कारण पनि एकैपटक विभेद् हट्न सक्दैन पनि । त्यसका लागि ठूलै परिवर्तनको जरुरी पर्दछ । संविधानले त जातीय विभेद्लाई दण्डनीय अपराध नै मानेको छ...बाँकी अंश →


बजेटले सञ्चारको विकास गर्ने

काठमाडौँ, २५ जेठ (रासस)ः सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा...बाँकी अंश →


अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य ः महानिरीक्षक खनाल

कलैया, २५ जेठ (रासस) ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई...बाँकी अंश →


जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग

काठमाडौँ, २५ जेठ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भन्नुभयो । उक्त...बाँकी अंश →


सहमतिमै नियमावली पारित गरिने

काठमाडौँ, २५ जेठ (रासस) ः ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन । लामो छलफल र रस्साकसीपछि...बाँकी अंश →


पहिरोका कारण आवागमन ठप्प

दुनै, २५ जेठ (रासस) ः डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी अंश →


नेविसंघद्वारा विरोध प्रदर्शन

काठमाडौँ, २५ जेठ (रासस) ः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । सरकारले लगातार रुपमा मूल्यवृद्धि...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा

चितवन, २५ जेठ (रासस) ः नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई...बाँकी अंश →


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ (रासस) ः भोजपुर चरनदी घर भई हाल चा“गुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले...बाँकी अंश →


सोलुखुम्बुमा छजना आमाको अकालमै ज्यान गयो

सल्लेरी, सोलुखुम्बु, २५ जेठ (रासस) ः चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ । चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका...बाँकी अंश →


नेविसंघको महाधिवेशन साउन २३ देखि

काठमाडौँ, २५ जेठ (रासस) ः नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter