पोखरा, २८ जेठ (रासस) ः सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमूलक गोष्ठी’ आइतवार यहाँ सम्पन्न भयो । प्रदेश नं ४ प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा भएको सो एक दिने गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका ट्राफिक प्रहरी प्रमुखलगायत...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५÷७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिनुभएको छ । नेपाल व्यवस्थापन संघले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिनुभएको होे । नेपाल राष्ट्र बैंकका गभर्नर...बाँकी अंश →

काठमाडौँ, २७ जेठ (रासस) ः राजनीतिकर्मी एवं परराष्ट्र मामिलाका जानकारले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीन भ्रमण विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न सुझाव दिनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम’ विषयको अन्तक्र्रियामा सहभागीले दुई तिहाइ बहुमतको वर्तमान सरकारले निर्धक्क...बाँकी अंश →

काठमाडौँ, २७ जेठ (रासस) ः चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड पुगेको...बाँकी अंश →

काठमाडौँ, २७ जेठ (रासस) ः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले स्थिरता, विकास र सुशासन एक अर्काका परिपूरक भएको बताउनुभएको छ । रातोपाटी डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारको प्रमुख कार्यभार पनि स्थिरता, विकास र सुशासन नै हो । नेपाली जनताको चाहना पनि...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ । उक्त प्रस्तावसहितको नियमावली सोमबार अपराह्न १ः०० बजेका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकमा पेश गरिँदैछ । चवालीस दफा र ८ परिच्छेदसहितको प्रस्तावित नियमावलीमा...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली २०७५ मा चार समितिसहित सदस्यको पदावधि निर्णय गर्ने तरिकाको व्यवस्था गरेको छ । सात अनुसूची र २८ परिच्छेदको नियमावलीमा राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन, अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन एवं बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र बैठकको कार्यविधि उल्लेख गरिएको छ...बाँकी अंश →
भक्तपुर, २७ जेठ (रासस) ः सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस)ः प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव...बाँकी अंश →
मस्को, २७ जेठ (रासस÷एएफपी) ः विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ । युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ...बाँकी अंश →
चितवन, २७ जेठ (रासस) ः जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो । पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु...बाँकी अंश →
जनकपुरधाम, २७ जेठ (रासस) ः प्रदेश नं २ को नामकरण र कामकाजको भाषाका सम्बन्धमा मधेशवादी दलको अस्पष्टताले अन्तरविरोधको अवस्था सिर्जना भएको धारणा व्यक्त गरिएको छ । निर्वाचनका बेला मैथिली र भोजपुरीमा मत माग्ने तर विजयी भएपछि दुवै भाषाको विरोधमा उभिने मधेशवादी दलका जनप्रतिनिधिको क्रियाकलापले प्रदेशको नामकरण र प्रदेशको कामकाजको भाषा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: