०६ चैत २०८२

समाचार

विश्व भेट्रान्स टेबलटेनिसमा गौतम निर्णायकमा छनोेट

काठमाडौँ, २९ जेठ (रासस) ः अमेरिकाको लसभेगास शहरमा हुने विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता–२०१८ मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट हुनुभएको छ । आगामी असार ४ देखि १० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विश्वका पाँच हजारभन्दा बढी खेलाडीको सहभागिता रहने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगिता हरेक...बाँकी अंश →


एकै बेतमा गाईको तीनवटा बाच्छी

पोखरा, २९ जेठ (रासस) ः जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा । कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र...बाँकी अंश →


मन्त्री यादवसँग बेल्जियमका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २९ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवसँग नेपालका लागि बेल्जियमका गैरआवासीय राजदूत जन लुकिसले शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित मन्त्रीको सचिवालयमा आज भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो । सो अवसरमा मन्त्री यादवले विद्यमान व्यापार घाटा कम गर्न स्वदेशमै उद्योग स्थापना गरेर निर्यात...बाँकी अंश →


चौध महिनामा काष्ठमण्डप पुनःनिर्माणको दोस्रो सम्झौता

काठमाडौँ, २९ जेठ (रासस) ः विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माणका लागि १४ महिनाकाबीच दोस्रो पटक सम्झौता भएको छ । विसं २०७४ वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान नामक संस्थालाई सम्झौता गरेर बनाउने जिम्मेवारी दिइएको थियो । त्यसबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाका...बाँकी अंश →


नेका प्रमुख सचेतकमा प्रसाईं

काठमाडौँ, २९ जेठ (रासस) ः राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ । काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको जनाउनुभएको छ । –––बाँकी अंश →


तुलसीपुरका विद्यालय तीन दिन बन्द हुने

तुलसीपुर, दाङ २९ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताउनुभयो । उहाँले वार्षिक विदाबाट...बाँकी अंश →


विदेश मन्त्रालय द्वरा वार्ताको स्वागत

काठमाडौँ, २९ जेठ (रासस) ः सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच आज सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ । शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त...बाँकी अंश →


प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश

काठमाडौँ, २९ जेठ (रासस) ः संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश गरेको बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले...बाँकी अंश →


गर्मी बढेको बहानामा विद्यालय बन्द

चितवन, २९ जेठ (रासस) ः जिल्लाका केही निजी विद्यालयको संस्था भरतपुर इङ्गलिस स्कुल सोसाइटी (बेस) ले गर्मी बढेको भन्दै आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेको छ । दुई दिन अघिनै यस समयमा वर्षात हुने मौसम पूर्वानुमान विभागले जनाएको थियो । विद्यालय बन्द आह्वान गरिएको सोमबारदेखि नै वर्षा भइरहेको छ...बाँकी अंश →


वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शंका

काठमाडौँ, २९ जेठ (रासस)ः नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका...बाँकी अंश →


अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सिन्धुली, २९ जेठ (रासस) ः अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो । फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले...बाँकी अंश →


घट्यो शेयर बजार

काठमाडौँ, २९ जेठ (रासस) ः सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । आज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter