०६ चैत २०८२

समाचार

करसम्बन्धी विधेयकमाथि छलफल शुरु

हेटौँडा, ३० जेठ (रासस) ः प्रदेश ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कर तथा गैरराजश्व संकलनसम्बन्धी विधेयक २०७५ को प्रस्ताव टेबुल गर्नुभयो । सो प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दीपककुमार शर्मा, लेखनाथ दाहाल, सिर्जना साय्मी, सीता अधिकारी, विजया केसी श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता...बाँकी अंश →


‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, ३० जेठ (रासस)ः आगामी शुक्रबारदेखि काठमाडौँमा ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन–२०७५’ हुन लागेको छ । विज्ञान र प्रविधिले भइरहेको विकास र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सम्मेलन गर्न लागिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले सम्मेलनले मुलुकको...बाँकी अंश →


स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः उपप्रधानमन्त्री यादव

बाह्रबिसे, सिन्धुपाल्चोक, ३० जेठ (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताउनुभयो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताउनुभयो...बाँकी अंश →


विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने

काठमाडौँ, ३० जेठ (रासस) ः सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला...बाँकी अंश →


नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ– डा भट्टराई

काठमाडौँ, ३० जेठ  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन...बाँकी अंश →


प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार

काठमाडौँ, ३० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’,...बाँकी अंश →


देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल, २८ जेठ (रासस) ः देवदह नगरपालिकाले स्थानीय परिवेश र पहिचानका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी नगरभित्रका विद्यालयमा लागू गरेको छ । गौतमबुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठ्यपुस्तक संस्थागत र सामुदायिक दुवै विद्यालयका कक्षा ६ र ७ मा लागू गरेको हो ।...बाँकी अंश →


स्थापना दिवसका अवसरमा पदयात्रा

काठमाडौँ, ३० जेठ  नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ पदयात्रा गरिएको छ ।  नयाँ बानेश्वर नजिकबाट शुरु भएको सो पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर समापन गरिएको सो पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्नुभएको थियो । पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज...बाँकी अंश →


नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका निर्णय

काठमाडौँ, ३० जेठ (रासस) ः पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ । ती निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले...बाँकी अंश →


प्रदेश नं ५ः नीति कार्यक्रम पारित

रुपन्देही, ३० जेठ (रासस) ः प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५...बाँकी अंश →


भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ ः अध्यक्ष दाहाल

चितवन, ३० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताउनुभयो । चितवन क्षेत्र...बाँकी अंश →


वरिष्ठ कलाकार थापाको निधन

काठमाडौँ, ३० जेठ (रासस) ः वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । उहाँले दुई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter