०६ चैत २०८२

समाचार

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ ः उपप्रधानमन्त्री पोखरेल

इटहरी, ३१ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना...बाँकी अंश →


जिल्लामा अझै पनि २१ जना कमलरी

दाङ, ३१ जेठ (रासस) ः जिल्लामा अहिले पनि २१ जना बालिका कमलरीका रुपमा जीवन बाँच्न बाध्य भएका छन् । त्यसमध्ये ११ जना १६ वर्षमुनिका बालिका रहेको अध्ययनले देखाएको छ । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको मुक्त कमलरी विकास मञ्चले...बाँकी अंश →


बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

गाईघाट, उदयपुर, ३१ जेठ (रासस) ः गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ । अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा...बाँकी अंश →


खर्च घटाउन पाँच सांसदको आग्रह

काठमाडौँ, ३१ जेठ (रासस) ः विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उहाँहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा...बाँकी अंश →


हवाई यात्रा गर्ने घटे

चितवन, ३१ जेठ (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ...बाँकी अंश →


प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३१ जेठ (रासस) ः प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ । आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण...बाँकी अंश →


धारिलो हतियार प्रहार गरी श्रीमान्को हत्या

ताप्लेजुङ, ३१ जेठ (रासस) ः ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै...बाँकी अंश →


नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

दमक, ३१ जेठ (रासस) ः झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार...बाँकी अंश →


ठेकेदार सम्पर्कविहीन भएपछि नगरपालिकाको भवन अलपत्र

बनेपा, ३१ जेठ (रासस) ः निर्माण कार्यको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको छ...बाँकी अंश →


बडीमालिकामा उपचार सहायता कोष

बाजुरा, ३१ जेठ (रासस) ः बाजुराको बडीमालिका नगरपालिकाले उपचार सहायता कोष स्थापना गर्ने भएको छ । नगरपालिकाभित्र रहेका विपन्न गरीब र असहाय व्यक्तिलाई आर्थिक अभावमा उपचार गर्न नपाएकाका लागि उक्त कोषको स्थापना गर्न लागिएको बडीमालिका नगरपालिकाका नगर प्रमुुख पदम बडुवालले बताउनुभएको छ । जिल्लाको सदरमुकामभित्र रहेको नगरपालिकामा आर्थिक अभावले उपचार...बाँकी अंश →


हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ, ३१ जेठ (रासस) ः गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएकोछ । तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु¥याएको बताएकोछ । फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै...बाँकी अंश →


प्रदेश ३ सरकारको बजेट असार १ गते

हेटौँडा, ३१ जेठ (रासस) ः प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter