०६ चैत २०८२

समाचार

केराका बिरुवाबाट १० लाख आम्दानी

कञ्चनपुर, ७ असार (रासस) ः बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिनुभएको छ । नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी गर्नुभएको छ । उहाँले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन...बाँकी अंश →


प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ, चीन, ७ असार (रासस) ः चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहनुभएका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन...बाँकी अंश →


जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

काठमाडौँ, ७ असार (रासस) ः सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका...बाँकी अंश →


लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

राजविराज, ७ असार (रासस) ः लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ । तिलाठी कोइलाडी– १ तिलाठीस्थित कुनौली सिमानामा हेल्प डेस्क स्थापना गरिएको हो । सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्तरुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र...बाँकी अंश →


इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा

रोल्पा, ७ असार (रासस) ः गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् । विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ...बाँकी अंश →


नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

काठमाडौँ, ७ असार (रासस) ः नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो ।...बाँकी अंश →


विकट सिम्कोशमा बन्यो झोलुंगे पुल

सन्तोष गौतम बाबियाचौर, म्याग्दी, ७ असार (रासस) ः धौलागिरि गाउँपालिका–४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ । गाउँपालिका र टिबिएसयुको सहयोगमा भौगोलिकरुपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगरगाउँका बासिन्दाले १०२ मिटर लामो झोलुंगे पुल निर्माण गरेका हुन् । २०७४ असारमा म्याग्दी नदीमा...बाँकी अंश →


भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

नवलपरासी, ७ असार (रासस) ः पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो । सरकारी कार्यालयमा सुशासन तथा पारदर्शीता कायम गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले...बाँकी अंश →


तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्नेबारे बहस

काठमाडौँ, ७ असार (रासस) ः सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रज्ञा प्रतिष्ठान बनाउने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकारको राय बुझ्ने उद्देश्यले वर्तमान परिप्रेक्षमा प्रज्ञा प्रतिष्ठानको पुनःसंरचना विषयमा विहीबार एक विचार गोष्ठीको आयोजना ग¥यो । कार्यक्रममा केही बुद्धिजीवीले प्रज्ञा प्रतिष्ठानलाई एउटै...बाँकी अंश →


शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, ६ असार (रासस) ः दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै...बाँकी अंश →


प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

बेइजिङ, ६ असार (रासस) ः छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।...बाँकी अंश →


सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व ः काँग्रेस युवा नेताहरु

काठमाडौँ, ६ असार ९रासस० ः नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि मलवानपुरको हेटाँैडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने बताएका हुन्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter