
हेटौँडा, २९ असोज प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक...बाँकी अंश →

सुर्खेत, २९ असोज चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उहाँहरुलाई पक्राउ गरी अनुसन्धान...बाँकी अंश →

काठमाडौँ, २९ असोज देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०,...बाँकी अंश →

विराटनगर, २९ असोज आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङको धनपालथान गाउँपालिकाको वडा नं २ को वडाध्यक्षको मृत्यु भएको कारण उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)...बाँकी अंश →

काठमाडौँ, २९ असोज अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४१ औँ सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ । भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामग्री हस्तान्तरण गरिएको सम्मेलनमा सहभागी सांसद इन्दुकुमारी शर्माले...बाँकी अंश →

बेझाड, २९ असोज पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ । पशुपालन व्यावसायमा कृषकलाई हौसला बढाउन सहकारीले गत आर्थिक वर्षमा सुत्केरी भएका ८४ पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको हो । सहकारीमा बीमा गरेका पशु सुत्केरी भएबापत पोषण खर्चस्वरुप रु ५०० प्रदान गर्दै...बाँकी अंश →
भक्तपुर, २९ असोज आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु...बाँकी अंश →

काठमाडौँ, २९ असोज नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड...बाँकी अंश →

काठमाडौँ, २९ असोज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध हुन...बाँकी अंश →

चितवन, २९ असोज रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गर्नुभएको छ । दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उहाँ आँफै सडकमा निस्कन शुरु गर्नुभएको हो । विगत दुई दिनदेखि साँझ...बाँकी अंश →

काठमाडौँ, २९ असोज नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन...बाँकी अंश →

काभ्रेपलाञ्चोक, २९ असोज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उहाँले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गर्नुभएको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: