०७ चैत २०८२

समाचार

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

काठमाडौँ, २९ असार (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लाग्नुभएका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल सरकार र...बाँकी अंश →


लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

बुटवल, २९ असार (रासस) ः लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिनुभयो । यो रोग देखापरेपछि...बाँकी अंश →


केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने ः मन्त्री पोखरेल

काठमाडौँ, २९ असार (रासस) ः ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गर्नुभएको हो । उहाँले पत्रकारले...बाँकी अंश →


अझै तीन दिन देशभर वर्षा

काठमाडौँ, २९ असार (रासस) ः मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ, २९ असार (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार...बाँकी अंश →


कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो ः अध्यक्ष दाहाल

चितवन, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर...बाँकी अंश →


पहिरोले मुग्लिन सडक बन्द

रत्ननगर, चितवन, २९ असार (रासस) ः चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी...बाँकी अंश →


त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट, २९ असार (रासस) ः त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४...बाँकी अंश →


भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई...बाँकी अंश →


तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुन:गयादीन कुर्मी विजयी

कपिलवस्तु २९ असार । अहिलेको चहाना बदलाव जनता होसियार भएका छन त्यसका उदाहरण कपिलवस्तुको तौलिहवा उद्योग बाणिज्य संघ हो । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुन गयादीन कुर्मी विजयी भएका छन । बुधबार भएको संघको निर्वाचनकोहिजो मतगणना भएको थियो । कुर्मीले सञ्जय गुप्तालाई पराजित गरेका हुन । कुर्मी निवर्तमान अध्यक्ष...बाँकी अंश →


कपिलवस्तुको विकासको मागगर्दै नेताहरु शहरी मन्त्रीगुहार्न काठमाडौं पुगेका छन ।

कपिलवस्तु २८ असार । कपिलवस्तुका नेताहरुले कृष्णनगर नगरपालिका र कपिलवस्तुको विकासको मागगर्दै शहरी मन्त्रीगुहार्न काठमाडौं पुगेका छन । कृष्णनगर नगरपालिकाका इन्डो नेपाल सामाजिकमञ्चकाअध्यक्षएवं. संघीय समाजवादीफोरम नेपालकायुवा नेताअकरम अब्दुल रहेमानखानउर्फ अकरम पठानले शहरी विकासमन्त्रीमोहम्मद ईस्ताक राईलाई भेटी जिल्लाको विकासबारे अवगत गराएका छन । पठानले कपिलवस्तुको विकास कछुवाको चाल जस्तो रहेकाले जिल्लाको...बाँकी अंश →


कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतहरु को छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता

२९ असार, काठमाडौं । केयर खबर    कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter