०७ चैत २०८२

समाचार

निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता

काठमाडाँै, ३२ असार (रासस) ः सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज सरकारले निषेधाज्ञा जारी गर्नु कानूनसम्मत नदेखिएको हुँदा अर्को आदेश नभएसम्मलाई सो आदेशलाई निरन्तरता दिएको...बाँकी अंश →


प्रा डा केसीसँग वार्ता गर्न टोली गठन

काठमाडौँ, ३२ असार (रासस) ः सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र...बाँकी अंश →


मध्य भदौमा बिम्स्टेक, क्षेत्रीय कूटनीतिमा राष्ट्रिय सफलता

काठमाडौँ, ३२ असार (रासस)ः समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते मुलुकको संघीय राजधानी काठमाडौँमा हुने भएको छ...बाँकी अंश →


माग पूरा नभए सबै सेवा बन्द गरिने चेतावनी

काठमाडौँ, ३२ असार (रासस) ः नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । संघका महासचिव डा लोचन कार्कीले आज विज्ञप्ति जारी गरी...बाँकी अंश →


निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब

काठमाडौँ, ३२ असार (रासस) ः नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल रु एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आज सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन प्रतिवेदनअनुसार निर्वाचनका...बाँकी अंश →


एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

काठमाडौँ, ३२ साउन(रासस) ः सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारेको छ । लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक निर्णयलाई कसैले पनि फिर्ता ल्याउन नसक्ने बताउँदै सरकारले यसबाट कुनै पनि हालतमा पछाडि नफर्कने जनाएको छ । भौतिक पूर्वाधार तथा...बाँकी अंश →


दर्जन रेलमार्ग निर्माणका विभिन्न चरणमा

काठमाडौँ, ३२ असार(रासस) ः सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण सूचकका रूपमा राख्दै प्रक्रिया अगाडि बढेको छ । त्यसमा काठमाडौँ उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ– रक्सौल...बाँकी अंश →


प्रदेश र पायक पर्ने स्थानीय तहमा कर्मचारीको आकर्षण

काठमाडाँै, ३२ असार (रासस) ः प्रदेश र पायक पर्ने स्थानीय तहमा जानका लागि निजामती कर्मचारीमा आकर्षण बढेको छ । सरकारले संघमा रहने कर्मचारीको दरबन्दी कटौती गरेपछि प्रदेश तह र आफूलाई पायक पर्ने स्थानीय तहमा जाने कर्मचारी आकर्षण बढेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा...बाँकी अंश →


काउन्सिलको सक्रियतासँगै उजुरीको चाङ

काठमाडौँ, ३२ असार (रासस) ः विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत’ शीर्षकको समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै गोविन्दसिंह भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी हाल्नुभयो । त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षक प्रदीप बुढाथोकीले पनि २०७३ मंसिरमा ‘जनमञ्च’ साप्ताहिकमा प्रकाशित ‘सशस्त्रमा राणा शासन’ शीर्षकको...बाँकी अंश →


संस्थागत भ्रष्टाचारले विकास प्रभावित ः मुख्यमन्त्री गुरुङ

बेसीशहर, लमजुङ, ३२ असार (रासस) ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा उहाँले भन्नुभयो, “ भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ ।” “बजेट खर्च गर्ने राज्यको प्रक्रियामा ढिलाइ छ, संस्थागत भ्रष्टाचार...बाँकी अंश →


नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन

काठमाडौँ, ३२ असार (रासस) ः नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्य जिते ।...बाँकी अंश →


प्रदेश नं ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

– शेरबहादुर सिंह भीमदत्तनगर, ३२ असार (रासस) ः मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नं ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter