विराटनगर, ३ साउन (रासस) ः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा...बाँकी अंश →
चितवन, ३ साउन (रासस) ः नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उहाँले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुँदा औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।...बाँकी अंश →

काठमाडौँ, २ साउन (रासस) ः बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई आज विदाई गरिएको छ । युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको हो । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा...बाँकी अंश →

काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशन बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन र हिल होम केयर प्रालिले संयुक्त रुपमा सञ्चारकर्मीहरुका लागि आज यहाँ आयोजना गरेको ‘निशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रमको उद्घाट्न...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई...बाँकी अंश →
काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।बाँकी अंश →
धनगढी, २ साउन (रासस)ः कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक...बाँकी अंश →
रत्ननगर, चितवन, २ साउन (रासस) ः चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । गृहमन्त्रालयको निर्देशनअनुसार सो स्थान तय गरी...बाँकी अंश →

काठमाडौँ, २ साउन (रासस) ः नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् । यहाँ मंगलबार...बाँकी अंश →
काठमाडौँ, १ साउन (रासस) ः नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: