भद्रपुर, ८ साउन (रासस) ः मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका...बाँकी अंश →
काठमाडौैँ, ८ साउन (रासस) ः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ...बाँकी अंश →
काठमाडौँ, ८ साउन ः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरुमै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो । काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय...बाँकी अंश →

काठमाडौँ, ८ साउन (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको आज यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भन्नुभयो । नेपालमा...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, ८ साउन (रासस) ः राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा हुनुहुन्छ । प्रदेश नं २ मा सरकार...बाँकी अंश →

काठमाडौं, ८ साउन । यही साउन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘टीनएज’ चलचित्रको टीमलाई मधेशी पत्रकार समाज नेपालले सम्मान गरेको छ । सोमबार मधेश मिडिया हाउसमा समाजले एक कार्यक्रमको आयोजना गरी टीनएजका सम्पूर्ण कलाकार, निर्देशक, निर्मातालगायतलाई दोसल्ला ओढाई सम्मान गरेको हो । समाजका केन्द्र अध्यक्षले पहाडदेखि मधेशसम्मका युवाको अवस्थाबारे टीनएजले...बाँकी अंश →
काठमाडौँ, ८ साउन (रासस) ः धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसअघि...बाँकी अंश →

चितवन, ८ साउन ९रासस० ः आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७३÷०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे । कार्यालयका सूचना अधिकारी डिल्लीराम...बाँकी अंश →
भद्रपुर, ८ साउन (रासस) ः लोपोन्मुख मेचे समुदायको जातीय पहिचान झल्काउने संग्रहालयका लागि सामाजिक सहयोगबाट भवन निर्माण गरिएको छ । मेचीनगर नगरपालिका–११ मा मेचे समाज शिवियारी आफातले तीन कोठा भएको पक्की भवन निर्माण गरेको हो । संग्रहालयमा मेचे समुदायले प्रयोग गर्ने जातीय पोशाक दोखना, अस्कोट, गञ्जी, गम्चा, गरगहनादेखि संस्कार, कला...बाँकी अंश →

काठमाडौँ, ७ साउन (रासस) ः नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिनुभयो । सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ ।...बाँकी अंश →

काठमाडौँ, ७ साउन (रासस) ः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश हुनु भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग...बाँकी अंश →

काठमाडौँ, ७ साउन (रासस)ः साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यही साउन ११ र १२ गते राजधानीमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने नारासहित नेपलामा पहिलोपटक हुन लागेकोे उक्त सम्मेलनमा विश्व परिवेशमा साइबर सुरक्षाका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: