०८ चैत २०८२

समाचार

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

चितवन, ९ साउन (रासस) ः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण...बाँकी अंश →


पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, ९ साउन (रासस) ः गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको...बाँकी अंश →


रु दुई अर्बभन्दा बढी सिमेन्ट बिक्री

गाईघाट, उदयपुर, ९ साउन (रासस) ः नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार...बाँकी अंश →


श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल

काठमाडौँ, ९ साउन (रासस) ः यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सईद हमदान मोहम्मद अल नक़बी बीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल...बाँकी अंश →


महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल

दुनै, डोल्पा, ९ साउन (रासस) ः हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको...बाँकी अंश →


न्यायिक समितिद्वारा २१० मुद्दा छिनोफानो

थरी, मोरङ, ९ साउन (रासस) ः मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लाकै बढी संख्यामा मुद्दाको छिनोफानो गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २१० वटा मुद्दाको छिनोफानो गरेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले जानकारी दिनुभयो । विसं ०७४ साउन १५ मा गठन भएको...बाँकी अंश →


करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

काठमाडौँ, ८ साउन (रासस) ः राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिनुभयो । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई...बाँकी अंश →


तरुण दलको प्रदर्शन

काठमाडौँ, ८ साउन ९रासस ० ः प्रा डा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको...बाँकी अंश →


‘मौलिक हकका सबै कानून निर्माण भए’

काठमाडौँ, ८ साउन ९रासस० ः कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चार महिनामा मौलिक हकसंग सम्बन्धित कानून तथा प्रदेश र स्थानीय सरकार सञ्चालनको नमूना कानून निर्माण गरेको जनाएको छ । मन्त्रालयमा आज आफ्नो राजिनामाको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शेरबहादुर तामाङले चार महिना मन्त्रालयले सबै मौलिक हकसंग सम्बन्धित कानून...बाँकी अंश →


सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ ः सभामुख महरा

नेपालगञ्ज, ८ साउन (रासस) ः संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताउनुभएको छ । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।” सभामुख महराको थप...बाँकी अंश →


नेपालमा अम्बेडकरवादको बिस्तार गर्न हजरत अलीको ठहर

२०७५ साउन ७ गते कपिलवस्तु जिल्ला को सदर मुकाम तौलिहवा मा आयोजित "One Day Seminar On Ambadkar/ Why Ambadkarism in Nepal? शीर्षक भएको सेमीनारमा केअर मानव अधिकारका अध्यक्ष हज़रत अली मुसलमानले आफ्नो विशिष्ट अतिथित्वको मन्तव्यमा "स्वतंत्रता, समानता, भाईचारा, विज्ञानवाद, मानवतावाद, सत्य र अहिंसा अम्बेडकरवादको मूल सिद्धांत हुन। र यी सिद्धांत...बाँकी अंश →


मन्त्री तामाङद्वारा राजीनामाको घोषणा

काठमाडौँ, ८ साउन (रासस) ः कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter