
काठमाडौँ, १८ साउन (रासस) ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित आज आफ्नै कार्यकक्षमा पदभार ग्रहण गरेपछि उहाँले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानून बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ सहयोग...बाँकी अंश →

काठमाडौँ, १८ साउन (रासस) ः नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता...बाँकी अंश →
काठमाडौँ, १८ साउन (रासस) ः अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफ्नो समस्या सम्बोधनका लागि कार्यदल गठन गर्न सरकारसंग माग गरेको छ । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको व्यवस्थापनका लागि सरकारले कार्यदल गठन गर्ने भनिए पनि अझै गठन नगरेकाले...बाँकी अंश →
काठमाडौँ, १८ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि...बाँकी अंश →
काठमाडौँ, १८ साउन ९रासस० ः नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल ९भानु माध्यामिक विद्यालय० भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल...बाँकी अंश →
तनहुँ, १८ साउन (रासस) ः आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३÷७४ मा लघु उद्योग दर्ता करमा छुट...बाँकी अंश →
चितवन, १८ साउन (रासस) ः चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा...बाँकी अंश →
काठमाडौँ, १८ साउन (रासस) ः अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ । प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको...बाँकी अंश →
काठमाडौँ, १८ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताउनुएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी अंश →
काठमाडौँ, १७ साउन (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । बिहीबार काँग्रेसले मन्त्रीलाई...बाँकी अंश →
तेह्रथुम, १८ साउन (रासस) ः पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त पार्क निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट पार्क निर्माणको...बाँकी अंश →

काठमाडौँ, १७ साउन (रासस) ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: