०८ चैत २०८२

समाचार

विकसित मुलुकहरुको भन्दा नेपालको बालबालिका खुशी , मन्त्री पण्डित

बनेपा, २१ साउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बालबालिकालाई राम्रो व्यवहारको सिकाइबाट सुन्दर भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ । पहिलाको जस्तो तर्साएर, धम्क्याएर र कुटेर ठीक ठाउँमा ल्याउन खोज्नु गलत साबित भएको बताउँदै उहाँले भन्नुभयो, ‘‘अब अभिभावकहरुमा पनि आनीबानी, बोलीबचन र व्यवहारमा परिवर्तनको आवश्यक छ ।” बालबालिकाप्रति...बाँकी अंश →


निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न अन्तरिम आदेश

काठमाडौँ, २१ आउन सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर र अमानवीय व्यवहार भएको हुँदा सो कार्य रोक्न माग गर्दै अधिवक्ता...बाँकी अंश →


सुशासन र विकासमार्फत समृद्धि हासिल हुन्छ , प्रधानमन्त्री ओली

काठमाडौँ, २१ साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने गन्तव्यलाई पूरा गर्न निष्ठापूर्वक काम गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “गरिबी र पछौटेपनको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य र पर्यटनको आकर्षण केन्द्रको रुपमा विकास गरी देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ, यसलाई साथ...बाँकी अंश →


गरीबी निवारणका लागि एकमुष्ट कार्यक्रम ल्याइने

काठमाडौँ, २१ साउन  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले देशबाट गरीबी उन्मूलनको लक्ष्य हासिल गर्न गरीब परिचयपत्र वितरण गरिने र त्यसका आधारमा गरीबी निवारणका लागि एकमुष्ट कार्यक्रम ल्याइने बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उहाँले सहकारीमा थुप्रिएको पैसा उत्पादन क्षेत्रमा लगानी गरी सहकारीको माध्यमबाट जनताको जीवनस्तर...बाँकी अंश →


देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ साउन  मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक ९खासगरी मध्य र पश्चिम क्षेत्र० भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति...बाँकी अंश →


वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल

काठमाडौँ, २१ साउन  नेपालको संविधानमा उल्लेखित मौलिक हकअन्र्तगत गोपनीयताको हकको प्रत्याभूति गर्न ल्याउन लागिएको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सञ्चार तथा कानून विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । फ्रिडम फोरम, इन्टरनेट सोसाइटी नेपाल र सूचनाको हकका लागि नागरिक अभियानले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परामर्श बैठकमा सहभागी...बाँकी अंश →


गुठीका जग्गाको खोजी

ललितपुर, २१ साउन जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । गुठीका नाममा धेरै जग्गा भए पनि कतिपय जग्गा दर्ताको प्रक्रियामा छ भने कतिपय...बाँकी अंश →


प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ साउन प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा...बाँकी अंश →


नेपाली सेनाले खुलायो जागिरको अवसर (सूचनासहित)

नेपाली सेनाको स्वीकृत दरबन्दि भित्र रिक्त रहेका विभिन्न पदमा दर्खास्त आह्वान गरिएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।बाँकी अंश →


विद्युत चुहावट शून्य प्रतिशत

लहान, २१ साउन (रासस) ः केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट श्ून्यमा झारिएको हो । आर्थिक वर्ष २०७३÷७४...बाँकी अंश →


इरानी कुटनीतिज्ञलाई साउदीले प्रवेश अनुमति दियो

तेहरान, २१ साउन (रासस/एएफपी) ः साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ । दुवै मुलुकबीच तनावको स्थिति रहेकै अवस्थामा यो समाचार राज्य नियन्त्रित सञ्चार माध्यमले प्रकाशमा ल्याएको छ । विदेश मन्त्रालयका एक अधिकारी मोहम्मद अलिबाकलाई त्यस्तो अनुमति प्राप्त भएको इरानी समाचार संस्था इर्नाले...बाँकी अंश →


सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

काठमाडौँ, २१ साउन (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको आज सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter