०८ चैत २०८२

समाचार

बिमष्टेक शिखर सम्मेलनका लागि तार व्यवस्थापन

काठमाडौँ, २४ साउन ,काठमाडौँ महानगरापलिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि शहरलाई सुन्दर बनाउन पछिल्लो समय कामपाले उक्त कार्यलाई तीव्रता दिएको हो ।...बाँकी अंश →


जनकपुर–जयनगर रेलको परीक्षण

महेन्द्रनगर, धनुषा, २४ साउन, जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण...बाँकी अंश →


खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

बाँके, २४ साउन , अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले...बाँकी अंश →


नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री , चन्दा नायके खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ

काठमाडौँ, २३ साउन  महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको...बाँकी अंश →


‘हल्लाका भरमा कसैको पनि चरित्र हत्या गर्नुहुँदैन’

जनकपुरधाम, २३ साउन , प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताउनुभएको छ । मधेशी पत्रकार समाजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मान र संसदीय पत्रकारिता तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “अनर्गल हल्लाका भरमा कसैको पनि चरित्र हत्या गर्नुहुँदैन ।”...बाँकी अंश →


सडकमा नै थुप्रिन थाले फोहर

काठमाडौँ, २३ साउन , पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिन थालेको छ । एक महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न थालेको एक हप्ता नपुग्दै पुनः फोहर थुप्रिने समस्या देखापरेको हो । सडकको चोकचोकमा फोहर थुप्रिएकाले सर्वसाधारण र यातायाताका साधनलाई आवतजावतमा समस्या भएको छ । यता नियमित रुपमा फोहर...बाँकी अंश →


प्रअ मृत फेला

पर्वत, २३ साउन ,पर्वतको कुश्मा नगरपालिका–९ घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोबिल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल अलपेश्वर गुफाभित्र मृत भेटिएका छन् । कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा आज दिउँसो छ दिनपछि प्रअ पौडेल मृत भेटिएका हुन् । बिहान पूजापाठ...बाँकी अंश →


सडकमै शिशु जन्मियो

इलाम, २३ साउन , एक महिलाले सडकमै शिशु जन्माउनुभएको छ । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले आज दिउँसो सडकमै शिशुलाई जन्म दिनुभएको हो । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माउनुभयो । इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका...बाँकी अंश →


समावेशी विकासका लागि समावेशी लोकतन्त्र

पोखरा, २३ साउन , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको समावेशी विकासका लागि समावेशी लोकतन्त्रको विषय अगाडि आएको बताउनुभएको छ । सञ्चारिका समूहद्वारा आयोजित ‘स्थानीय सरकारमा महिला ः सञ्चार माध्यमसँगको सहकार्य’ विषयक दुई दिवसीय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संवैधानिक हक अधिकारको उपयोगका लागि क्षमता अभिवृद्धि पनि सँगसँगै...बाँकी अंश →


विश्वविद्यालय सुधारको माग

काठमाडौँ, २३ साउन ,नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालय अन्तर्गतका कूल ५९ क्याम्पसमध्ये ४० वटामा गरिएको अनुगमनमा ती क्याम्पसले सम्बन्धन लिँदा न्यूनतम मापदण्ड पनि पूरा नगरेको जानकारी दिइयो । कलेजमा २००...बाँकी अंश →


‘जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्छ’

काठमाडौँ, २३ साउन  बालिकामाथि हुने यौन हिंसा तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने महिला नेत्री, मानव अधिकारकर्मी तथा कानून व्यवसायीले जोड दिएका छन् । यहाँ आज आयोजित छलफलका वक्ताले बालिकामाथिको बलात्कार तथा हत्याको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै आगामी भदौ १ गतेदेखि परिमार्जनसहित लागु हुने नयाँ मुलुकी...बाँकी अंश →


एक हजार द्वन्द्वपीडितले पाए राहत

नुवाकोट, २३ साउन जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter