
काठमाडौँ, ३० साउन, प्रतिनिधिसभाको आजको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार...बाँकी अंश →

सुर्खेत, ३० साउन , मनाङ एयरको हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ । मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥याइएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →

काठमाडौँ, ३० साउन , कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । आगामी भदौभित्र चालू आवको प्रथम...बाँकी अंश →

काठमाडौँ, ३० साउन, तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो ।...बाँकी अंश →

खोटाङ, ३० साउन, तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुजँ्रदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।...बाँकी अंश →

बुटवल, ३० साउन , राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना प्रमुखसँग जानकारी लिनुभयो । उहाँले ती आयोजना निर्माण समयमै सम्पन्न गर्न के गर्न सकिन्छ...बाँकी अंश →

जाजरकोट, ३० साउन, रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते...बाँकी अंश →

राजविराज, ३० साउन , मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा...बाँकी अंश →

बनियानी, झापा, ३० साउन , पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको...बाँकी अंश →

बेइजिङ, २९ साउन , पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ । बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी...बाँकी अंश →

मुम्बई, २९ साउन , टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि...बाँकी अंश →

काठमाडौँ, २९ साउन , सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: