
पोखरा, ३० साउन , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्देशनालयको स्थापनाले संघीयता कार्यान्वयनमा...बाँकी अंश →

नेपालगञ्ज, ३० साउन , बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर...बाँकी अंश →
काठमाडौँ, ३० साउन ,प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको आज प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा...बाँकी अंश →

काठमाडौँ, ३० साउन , राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ । उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त...बाँकी अंश →

धनगढी, ३० साउन , झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो । उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको...बाँकी अंश →

काठमाडौँ, ३० साउन , बढ्दो बेरुजुले मुलुकमा वित्तीय अनुशासन कायम गर्न चुनौती थपेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षसम्म कारवाही गरेर टुङ्गो लगाउनु पर्ने बेरुजुको अङ्क रुपाँच खर्ब ८० करोड रहेको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा महालेखा परीक्षक टङ्कमणि शर्माले यो वर्ष मात्रै पनि...बाँकी अंश →

नवलपरासी, ३० साउन , गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन । द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो ।...बाँकी अंश →

काठमाडौँ, ३० साउन , चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना...बाँकी अंश →

रसुवा, ३० साउन ,तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ...बाँकी अंश →

दाङ ३० साउन , तुलसीपुर बजारमा छाडा चौयाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुने गरेको छ । बजार मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै सवारी आवागमनमा समेत समस्या भएको छ । तुलसीपुर बजार विभिन्न चोकचोकमा ठूलो...बाँकी अंश →

काठमाडौँ, ३० साउन, प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव...बाँकी अंश →

काठमाडौँ, ३० साउन , प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै सांसदहरूले ठूला कालाबजारी भेट्टाउन नसकेको, उद्योगी व्यापारीमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: