०९ चैत २०८२

समाचार

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

न्यूयोर्क, ६ भदौ ,,  अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उहाँका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् ।...बाँकी अंश →


नेपाल ६७ रनले विजयी

काठमाडौँ, ६ भदौ ,, श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका...बाँकी अंश →


सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू’

काठमाडाँै, ६ भदौ ,,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ । आव २०७४÷७५ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “कार्यसम्पादनका क्रममा हामी अझै पनि...बाँकी अंश →


साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

महोत्तरी, भदौ ६,,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको...बाँकी अंश →


विश्वकर्मा अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौँ, ६ भदौ,,   सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ । विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका...बाँकी अंश →


‘सरकार सपना बाँड्नमै केन्द्रित भयो’

बाँके, ६ भदौ ,,   नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाउनुभएको छ । “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले भन्नुभयो । नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को...बाँकी अंश →


कोषको यथार्थ मौज्दात रु ४१ अर्ब ३०

काठमाडौँ, ६ भदौ , सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा...बाँकी अंश →


ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन...बाँकी अंश →


कालीमाटी तरकारी बजार खुला

काठमाडौँ, ६ भदौ ,,  अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो । व्यापारी विष्णु कँडेलका अनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत...बाँकी अंश →


नागढुङ्गा–कलङ्की सडकखण्डलाई सुन्दर बनाइँदै

काठमाडौँ, ६ भदौ ,,    राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भन्नुभया,े “नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान,...बाँकी अंश →


आधुनिक शहर बनाउन गढवा छनोट

तुलसीपुर, ६ भदौ ,,शहरी विकास मन्त्रालयले तराई –मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ । तराई– मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट भएको र एकीकृत विकास गुरुयोजना कार्यक्रम लागू भएको गाउँपालिकाका अध्यक्ष...बाँकी अंश →


गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् – महामन्त्री कोइराला

नेपालगञ्ज, ६ भदौ ,,   नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter