०९ चैत २०८२

समाचार

महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ, ८ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशुंखे, बिनाकुमारी श्रेष्ठ, लक्ष्मीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो ।...बाँकी अंश →


विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, ८ भदौ,, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो । उहाँलाई विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश...बाँकी अंश →


नगरपालिकाद्वारा निःशुल्क सिफारिस

लहान, ८ भदौ ,,   देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब...बाँकी अंश →


महासमिति बैठकको तयारीमा काङ्ग्रेस

काठमाडौँ, ८ भदौ ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने...बाँकी अंश →


वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

काठमाडौँ, ८ भदौ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।...बाँकी अंश →


एशियाली खेलकूद ,, भलिबलमा कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ ,,   इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि...बाँकी अंश →


सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ, ८ भदौ ,,  प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । सदनको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तावलाई प्रस्तुत गर्नुभयो । सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम...बाँकी अंश →


प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट, ८ भदौ ,,   नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गत साउन ७ गते राति धमले–जिलिङ सडक...बाँकी अंश →


अर्नाको प्रजाति विस्तारमा सफलता

रत्ननगर, ८ भदौ,,   कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो...बाँकी अंश →


गोसाइँकुण्डमा भक्तजनको भीड

रसुवा, ८ भदौ , यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा...बाँकी अंश →


स्थानीय तहले खर्च विवरण बुझाएनन्

बैतडी, ८ भदौ ,,   कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।साउन मसान्तसम्म स्थानीय...बाँकी अंश →


देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

काठमाडौँ, ७ भदौ ,,   भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter