०९ चैत २०८२

समाचार

रक्तअल्पता तथा आइरनको कमी

काठमाडौँ, १३ भदौ ,,   विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ । नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष...बाँकी अंश →


चिकित्सा शिक्षा विधेयकमाथि छलफल

काठमाडौँ, १३ भदौ ,,    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले निर्धारण गरेको समयसीमाभित्र...बाँकी अंश →


म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

बुटवल, १३ भदौ (रासस)ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिनुभएको थियो...बाँकी अंश →


कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ ः दाहाल

चितवन, १३ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताउनुभयो...बाँकी अंश →


जियोमेट उपकरण बजारमा

इटहरी, १३ भदौ ,,  जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी...बाँकी अंश →


बधशाला र मिटमार्ट निर्माण गरिने

दाङ, १३ भदौ ,,   तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ । सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।...बाँकी अंश →


हवाईसेवा बन्द

सुर्खेत, १३ भदौ ,,   रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हँुदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् । विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई...बाँकी अंश →


बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

रत्ननगर, १३ भदौ ,,  दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो । सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा...बाँकी अंश →


पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

काठमाडौँ, १३ भदौ,,   उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको...बाँकी अंश →


एशिया कप क्रिकेट ,, नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

काठमाडौँ, १३ भदौ ,,   एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३...बाँकी अंश →


बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ ,,    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताउनुभयो । व्यापार र...बाँकी अंश →


विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ, १३ भदौ ,,   सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उहाँले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter