
काठमाडौँ, १४ भदौ ,, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन,...बाँकी अंश →

ठमाडौँ, १४ भदौ (रासस) ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताउनुभएको छ । चौथो बिम्स्टेक शिखर सम्मेलनको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उहाँले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो ।...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय सभासम्मेलनले नेपालको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गर्ने जनाउँदै यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् ।...बाँकी अंश →

चितवन, १४ भदौ,, किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही...बाँकी अंश →

सुर्खेत, १४ भदौ ,, आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे । ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उहाँले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएका प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: