काठमाडौँ, १६ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै...बाँकी अंश →

काठमाडौँ, १६ भदौ ,, बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चाँैथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिनुभएको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा...बाँकी अंश →

काठमाडौँ, १६ भदौ ,, रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक...बाँकी अंश →

काठमाडौँ, १६ भदौ ,, नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव अधिकारवादी आन्दोलनका वरिष्ठ ‘अभियन्ता पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्षमा आयोजित शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’ विषयक गोष्ठीमा उहाँले तत्कालिन नेकपा(माओवादी)लाई...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्नुभएको थियो । बहुपक्षीय प्राविधिक तथा...बाँकी अंश →

विराटनगर, १५ भदौ ,, प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका–८ भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया...बाँकी अंश →

काठमाडौँ, १५ भदौ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्कनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गर्नुभयो...बाँकी अंश →
काठमाडौँ, १५ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत आज भन्नुभएको छ, ‘अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिएर बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभयो । बिम्स्टेकमा भाग लिनका लागि बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको समापनपश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी...बाँकी अंश →

कैलाली, १५ भदौ ,, प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनदेखि बेपत्ता भएका बाजुराका पत्रकार तेजू खड्काका सन्र्दभमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रदेश नं. ७ का वरिष्ठ पत्रकारलगायत टोलीले आज धनगढीमा मुख्यमन्त्री...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: